जब 'म' बदलिएर हामी आउनेछ ।

जब 'म' बदलिएर हामी आउनेछ ।
देशमा बिकासको सुनामी आउनेछ । 

आँगन आँगनमा शिपको मूल फुटाए
स्वदेशमै मनग्ये आम्दामी आउनेछ ।

देखाई जाँगर हिरा र मोति फलाए
उपचारमा अल्छीको बिरामी आउनेछ ।

देशको मुहार तब फेरिन्छ अबस्य
जब कुर्सिमा पौरखी ज्यामी आउनेछ ।

लक्ष बोकेर हिँडे सधैं सत्य कर्ममा
यो "गौरब" को पनि सलामी आउनेछ । 

गौरब श्रेष्ठ "मनकुरा"

0 comments

तपाइको बीचार ब्यक्त गर्नुस