जति हेर्यो झनै राम्री सालीहरू आजकल
जति हेर्यो झनै राम्री सालीहरू आजकलकिन मलाई गोरी लाग्छन् कालीहरू आजकल ?
फूल फुल्दाको फूलभन्दा नि फक्रेपछि राम्रो
जाँगरिला भएकाछन् मालीहरू आजकल
पराईको माया पनि घृणा लाग्दो रै'छ
मिठा लाग्छन् प्रियसीका गालीहरू आजकल
जुन बगैंचा हेर्छु त्यहाँ एउटै फूल देख्छु
भूइँ छुनलाई लत्रिदैनन् डालीहरू आजकल
मस्तसँग निदाउने समय नै छैन
वरिपरि हुन सक्छन् जालीहरू आजकल
चल्नै छाड्यो गजल लेख्न किन-किन जाँगर !
घर फेर्दैछन् पैले बज्ने तालीहरू आजकल ।
आनन्द श्रेठ




0 comments
तपाइको बीचार ब्यक्त गर्नुस