एकान्त र अँधेरीमा भेट्छु कि झैँ लाग्छ!
गित
एकान्त र अँधेरीमा भेट्छु कि झैँ लाग्छ!
अझै पनि पँधेरीमा भेट्छु कि झैँ लाग्छ!!
दुखियाको दुःखै साथी अरू को हुन्छ र!
जीवन ढली मुर्दा बनोस्,र नि को रुन्छ र!!
काँधमा मुढो कँधेरीमा भेट्छु कि झैँ लाग्छ!
अझै पनि पँधेरीमा भेट्छु कि झैँ लाग्छ!!
वाचाकसम भुली सारा छाडी गए पनि!
यादको यही चिहानमा गाडी गए पनि!!
उही आँगन,मझेरीमा भेट्छु कि झैँ लाग्छ!
अझै पनि पँधेरीमा भेट्छु कि झैँ लाग्छ!!
एकान्त र अँधेरीमा भेट्छु कि झैँ लाग्छ!
अझै पनि पँधेरीमा भेट्छु कि झैँ लाग्छ!!
~वासुदेव बुढाथोकी (सागर),फस्कू,दोलखा।
एकान्त र अँधेरीमा भेट्छु कि झैँ लाग्छ!
अझै पनि पँधेरीमा भेट्छु कि झैँ लाग्छ!!
दुखियाको दुःखै साथी अरू को हुन्छ र!
जीवन ढली मुर्दा बनोस्,र नि को रुन्छ र!!
काँधमा मुढो कँधेरीमा भेट्छु कि झैँ लाग्छ!
अझै पनि पँधेरीमा भेट्छु कि झैँ लाग्छ!!
वाचाकसम भुली सारा छाडी गए पनि!
यादको यही चिहानमा गाडी गए पनि!!
उही आँगन,मझेरीमा भेट्छु कि झैँ लाग्छ!
अझै पनि पँधेरीमा भेट्छु कि झैँ लाग्छ!!
एकान्त र अँधेरीमा भेट्छु कि झैँ लाग्छ!
अझै पनि पँधेरीमा भेट्छु कि झैँ लाग्छ!!
~वासुदेव बुढाथोकी (सागर),फस्कू,दोलखा।





0 comments
तपाइको बीचार ब्यक्त गर्नुस