आसै आसमा बाचेको थे तिम्रो याद बोकी !




गीत

आसै आसमा बाचेको थे तिम्रो याद बोकी !
अन्तै मायाँ साट्यौ तिमीले पैसासँग जोखी !

मायाँ बिक्री गर्यौ हिजो आज बेचं आत्मा
भोली साधुसन्त बनं पर्सी बन्छौ महात्मा
तिमी बन्नु महान ब्यक्ती म त भएँ जोगी
अन्तै मायाँ साट्यौ तिमीले पैसासँग जोखी

पैससँग किन जोख्छौ चोखो मायाँ प्रीती
सायद पढ्न भुल्यौ क्यारे मुनामदन कृती
म त केवल मनको धनी तिमी धनको सौखी
अन्तै मायाँ साट्यौ तिमीले पैसासँग जोखी !


मिलन मुक्तान

0 comments

तपाइको बीचार ब्यक्त गर्नुस