जिन्दगानी कहिल्यै पनि,नटुङ्गिने यात्रा रैछ
जिन्दगानी कहिल्यै पनि,नटुङ्गिने यात्रा रैछ
सधैँ घुम्छन् दु:ख सुख,नरित्तिने यात्रा रैछ
कतै हाँस्छ आनन्दले,कतै रुन्छ डाँको छोड्दै
गुम्सिएका व्यथाहरू,नदेखिने यात्रा रैछ
अस्तव्यस्त पारेकाछन्,समस्याले घेर्दै घेर्दै
जति मरिमेट्दा पनि,नसुध्रिने यात्रा रैछ
छुट्टिएर सहयात्री लागे,आफ्नै गन्तव्यमा
कहाँ कहाँ पुगे होलान्,नभेटिने यात्रा रैछ
बोक्नु पर्ने गह्रौं भारी,ठाउँ छैन बिसाउनलाई
लगातारै दौडेको छ,नरोकिने यात्रा रैछ
एकादेशकै कथा भए,पुराना ती आत्मीयता
बिर्सी सके "कोमल" मन,नसम्झिने यात्रा रैछ
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
![]() |
| कोमल भट्ट |

0 comments
तपाइको बीचार ब्यक्त गर्नुस