विश्वास त गरेकै थें आँफैलाई भुलाएर
विश्वास त गरेकै थें आँफैलाई भुलाएर
![]() |
| साबित्रा लुइँटेल |
किन फेरी घात गर्यौ मनमा कुरा लुकाएर |
तिमी को हौ प्रस्न गरे सामुन्नेमा उभ्याएर
जवाफ दियौ प्रेमी बनि आँखा आँखा जुधाएर |
चुप चाप सही बस्यौ जे जे भयो कर्म भन्दै
एकान्तमै बस्यौ संधै आफ्नो मन बुजाएर |
जिन्दगीको गोरेटोमा कैले हुरी कैले बतास
साथ छोड्यौ बिचै बाट पिरतीमा रुझाएर|
अन्जानैमा गल्ति भए माफ गर आफ्नै सम्झी
एक्लो पारी नजाउ छोडी आफ्नै मन दुखाएर |
साबित्रा लुइँटेल घिमिरे
झापा बिर्तामोड





0 comments
तपाइको बीचार ब्यक्त गर्नुस