साँचैनै तनावले, चिथोरेको छ मन|


साँचैनै तनावले, चिथोरेको छ मन|
नबिन सुबेदी
माडी चितुवन
हाल ,दुबई
उनैको अभाबले चिथोरेको छ मन|

कतिन्जेल सम्म म तड्पिदै बसुखै!
पराइको रवाफले चिथोरेको छ मन|

धेरै भो बन पाखो नचाहारेको पनि 
मेरै त्यो गुँरासले चिथोरेको छ मन|

बिरानो बनाइ गाउँ, प्रदेशमा हराएँ 
प्रियसीको यादले चिथोरेको छ मन|

बिधुतको तरङ्ग झनै याद बढाउछ 
नियमित सम्बादले चिथोरेको छ मन| 

नबिन सुबेदी 
माडी,चितवन 
हाल, दुबई

0 comments

तपाइको बीचार ब्यक्त गर्नुस