दाहिने खाने,देब्रे धुने, हातले युद्ध गर्नै पर्छ


दाहिने खाने,देब्रे धुने, हातले युद्ध गर्नै पर्छ 
शरीरलाई एक्लै थाम्ने, लातले युद्ध गर्नै पर्छ
कुबेर्देब मृदुल
पाँचथर 



ईश्वरकै पक्षपात छ, अङ्गहरू बनाउनुमा
स्वादे जिब्रो-चपाउने, दाँतले युद्ध गर्नै पर्छ 

मन्दिरमा फूल चढिन्छ, त्यही बोटको काँडा अनि 
फूलकै छेउमा रहेको, पातले युद्ध गर्नै पर्छ 

अँधरीको पीडा चिर्न, अब यहाँ अरूणसँग
जून बिनाको निस्पट औँसी, रातले युद्ध गरनै पर्छ 

लुटिएको हाम्रो राज्य, फिर्ता ल्याउनै पर्छ अब
त्यो बेलामा हेपिएको, जातले युद्ध गर्नै पर्छ 



कुबेरदेव "मृदुल"

पाँचथर े

0 comments

तपाइको बीचार ब्यक्त गर्नुस