मेरै अंगालोमा उही , प्रत्यक रात हुन्छ

मेरै अंगालोमा उही , प्रत्यक रात हुन्छ
पासाङ "प्रबासी "तमु
गोर्खा 
छोडी जान्छ फेरी किन ?,जब प्रभात हुन्छ 

टोलाउछन् नयन यी ,कल्पेर कल्पनामा 
सुखै सुख भरिएर , मनमा खात हुन्छ


मन जोडिन्छ मनैमा ,मनको महलै भित्र 
एक आपसमा हाम्रा ,सुनौला बात हुन्छ 

बिहानी संगै छुटिन्छ ,सपनाको साथ त्यो 
मन मुटुमा घातको , तुसारा पात हुन्छ

सप्ना सपनै रहेछ , बिउझी सम्झन्छु म
आखामा आँशुहरुको ,फेरी बर्षात हुन्छ


0 comments

तपाइको बीचार ब्यक्त गर्नुस