स्वतन्त्रता,समानता र भाइचारा छैनन् अब


स्वतन्त्रता,समानता र भाइचारा छैनन् अब
कोमल भट्ट
पुरानो नैकाप काठमाण्डौ
हाल - न्युयोर्क अमेरिका 
सम्मानले पूज्नलायक ध्रुवतारा छैनन् अब

सतसङ्गले डाँडो काट्यो पापाचार भो जता ततै
हेँला भए सन्त बाणी अमृत धारा छैनन् अब

स्वार्थी भए सत्ताधारी लोभ लालच बढ्यो धेरै
नेता चड्छन आफ्नै गाडी सर्वहारा छैनन् अब

ममताको धज्जी उड्यो कर्तव्यलाई कुल्चिनाले
माता रुन्छिन आँसु झार्दै दुधको भारा छैनन् अब 

उत्ताउला र छाडा तस्वीर टाँस्न थाले भित्ता भरि
ज्ञान बुद्धि भरिएका मिठा नारा छैनन् अब

सुधार गरौँ विसङ्गति लेख्ने कोशिश हुन्छ मेरो
कसैले नि नठान्नुस है"कोमल प्यारा छैनन् अब "


0 comments

तपाइको बीचार ब्यक्त गर्नुस