एक मुट्ठि बाँकी सास,चिन्ता छैन मलाई

एक मुट्ठि बाँकी सास,चिन्ता छैन मलाई 


मरे पछी सड्या लास, चिन्ता छैन मलाई 


धर्ति पुरै मेरो घर आकास घर को छानो 

जाहाँ पुग्यो त्येही बास,चिन्ता छैन मलाई 


सडे गले फ्याकेको मिले ढेखी खान्छु 

जे खान्छु त्येही गास,चिन्ता छैन मलाई 



जाडो हुन्छ मुटु काम्छ नांगो शरीर हुँदा 

धवा धुलो त्येही कपास,चिन्ता छैन मलाई 

नवराज भट्ट

धादिङ ,मैदी २ अमराइ

हाल :अबुधाबी , यू.ए.इ

0 comments

तपाइको बीचार ब्यक्त गर्नुस