राष्ट्रको सारा सम्पति सबै चोरी भए पछि
राष्ट्रको सारा सम्पति सबै चोरी भए पछि
देश कहाँ बन्छर?नेता घुस खोरी भए पछि
तिमि धान फल्ने स्वप्न किन देख्छौ भन्या
कदावी फल्दैन हजुर छरेको तोरी भए पछि
सुन्दर अनि सुनौलो संसार त्यो पक्कै हुनेछ
आँखाको नानी झैं छोरा अनि छोरी भए पछि
नेपालि पन त्यतिबेला थाहा हुनेछ हजुरलाई
जब रोधीको भाकामा बेजोड दोहोरि भए पछि
पवित्र प्रेमको जोडीलाई कसैले चुडाउने छैन
अजर ,अमर प्रेमको मजबुत डोरी भए पछि
रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"




0 comments
तपाइको बीचार ब्यक्त गर्नुस