नदि,नाला,खोला अनि तिर का कुरा गरौ आज |


नदि,नाला,खोला अनि तिर का कुरा गरौ आज |

पहाड ढलि छाँगा हाल्ने भिर का कुरा गरौ आज ||

देशका लागि मुर्ति बने हाम्रा पुर्खा हरु यहाँ ,,|
अमर छन् ति शहिद बिर का कुरा गरौ आज ||

गोर्खाली का छोरा हामि नबिर्सौ मुग्लान छिरी |
नढल्ने कैले नझुक्ने यो सिर का कुरा गरौ आज ||

मानिस मात्र छैन यहाँ राष्ट्रिय का चिनारी हरु |
डाफे मुनाल ति चरीका चिर का कुरा गरौ आज ||

कति गर्नु माया प्रिती मिलन बिछोड का मात्र |
जन्म जननी ति आमाका पिर का कुरा गरौ आज |

आर के शर्मा (युबराज खरेल)
सतासी धाम ४ 
झापा झिलझिले 

0 comments

तपाइको बीचार ब्यक्त गर्नुस