कविता
»
ति साना हातहरु मेरो गालामा राख्छिन,
ति साना हातहरु मेरो गालामा राख्छिन,
ति साना हातहरु
मेरो गालामा राख्छिन,
अनी गर्छिन सवाल,
भन, मलाई तिमीले कहाँ भेट्टायौ ?
म जवाफ दिन नसकेर हैरान छु,
तर, कोसीश गर्छु र भन्छु ।
मैले भगवानसँग मागेको तिमीलाई,
उ मुस्कुराउँछे र म संसार जीत्छु,
उसको त्यों मुस्कानमा ।
उ फेरी आफ्नो अनुहार लाई बिल्कुल'
मेरो समुन्नेमा आउँछे र
आँखा जुधाएर सोध्छे,
आमा तिमी मलाई साँच्चै मायाँ गर्छौ ?
उफ्फssssss म रन्थनिन्छु
उसको त्यो सहज प्रश्नले,
मलाई सँधै सकसमा पार्छ ।
अचानक !
मलाई लाग्छ,
यदि मनको ऐना भएको भए !
कती सजिलो हुथ्यो,
उसलाई बुझाउन ।
आत्माको झ्याल खोलेर
मनको ऐना देखाइ दिन्थे ।
कति कोमल छे उ,
कति निर्बिकार छ उसको अनुहार,
त्यो निर्दोष कोमल मन
त्यहाँ उठेको हजारौ प्रश्न भित्र
म आफु लाई खोज्न थाल्छु,
नि:शब्द हुन्छु म।
यो सानी नानीको प्रश्नले
कमजोर हुन्छु
अनि म उ भन्दा पनि
सानो भैदिन्छु ।
उर्लिन खोजेका
ति उछालहरुलाई
रोक्न खोज्दा खोज्दै,
अचानक !
कालो बादल मडारिन्छ छाती भित्र
अनी बर्सिदिन्छ
अथाह पीडा आँखाबाट ।
हो,
अब मन शान्त छ,
अनि म चुप छु ।
यस विधामा प्रकाशित :
कविता





0 comments
तपाइको बीचार ब्यक्त गर्नुस