मरुभूमि बाट मेरी अरुणालाई पत्र

मरुभूमिको बालुवाटारबाट न्यानो मायाँ प्रेम सम्झना । आरम छु आरमताको कामना गर्दछु । लामो समयपछि यी कापी र कलमलाई साहारा बनाउँदै तिम्रा सम्झनाहरू एकै छिन यिनै कापीहरूमा सीमित गर्ने चेष्टा गर्दै छु ।
अरूण जब अस्ति तिमीसँग टेलिफोनमा कुरा भए पछि मेरो मनमा अनेक कुराहरू आई रहे । तिमीले भनेका ती शब्द शब्दले मनलाई छोइ रह्यो । अनि अरूणाले मलाई यस्तो भनिन् ? उनले मलाई किन बुझन सकिनन् ? यस्तै अनगिन्ती प्रश्नहरू मनभित्र खेलिरहे । आफैँले आफैँलाई प्रश्न गरिरहे । अनि सोच यो तिम्रो मप्रतिको विश्वास, मप्रतिको समर्पण हो ।अरूणा यति धेरै माया नगर्नु, धेरै माया भो भने पनि राम्रो हुँदैन भन्छन् बुढापाकाले । तिमीले दिएको मायाको एक चौथा माया तिमीलाई दिन पनि सकेको छैन मैले तर केही छैन अरूणा म तिम्रो खुसी लिएर आउँछु केही दिनपछि त्यतिवेलासम्म तिमीले आफूलाई सम्हालनु । मन हो, बरालिन सक्छ । सम्हाल्नु ल मेरो उनकै लागि हो भनेर ।अरूणा के गर्नु मेरो पनि कहाँ रहर हो यति धेरै माया गर्ने मुटुलाई छोडेर यो कतारको बालुवाको रापसँगै ऊँटहरू र भेडाहरूलाई दाना–पानी गर्दै दिन काट्नु । बाध्यता हो नि हाम्रो हैन र ? तिम्रै सहमतिमा नै आएको हो म । अहिले आएर तिमीले मन कमजोर बनाउने काम नगर्नु किनकी अझैँ मैले दुई वर्ष बिताउनुछ । तिमीले दुई महिनामा नै यति कमजोर भएर पत्र लेख्यौ भने अनि म कसरी थामिन सक्छु भन त । तिमी त्यहाँ सम्हालीयौ भने म सम्हालिन सक्छु । अरूणा प्रदेश हामीले सोचेको जस्तो नहुने रैछ । यहाँ त कामबाहेक अरू सोच्ने फुर्सदै नहुने रहेछ । बेलुकी पनि लखतरान भएर होला भुसुक्कै निद्राले समात्छ । बिहान उठ्न मन नलाग्दै ४ बजे उठेर मन लागि नलागी घाँटीमा नौली दुलही रानीले झैँ झरी झुतै परदेशीको नोकर भएको प्रमाण लेमिनेसन गरी भैँसीलाई झैँ सुतीको दाम्लो जस्तो डोरीमा अड्काएर ड्युटी जानुपर्ने बाध्यता भएको छ ।अरूणा यहाँको खबर के सोध्छेउ यस्तै छ । तिमीलाई अनि आफ्नो परिवारलाई भोलिको सुखी जीवनको कल्पनामा हराउने आशामा हजारौँ तिम्रा दाजुभाइको साथमा आज म पनि त्यही भेडी गोठाला भएर तिम्रै निम्ती दुई पैसा जोड्न दु:ख गरिरहेको छु ।तर, तिमीले गलत बुझ्यौ । अरूण विदेश गएपछि बदलियो । फोन आउदैन आजभोलि भनि त्यस्तो न सम्झनु यहाँ तिमीलाई थाहा छैन हेर एक मुठी पानी पनि बाध्य भएको छ पिउन अरूणा तिमीलाई थाहा छ होला आमाले पुस महिनाको दिनमा पकाएर दिएको कोदोको रोटी खान्न भनि तिम्रो घरनिर फालेर स्कुल गएको तर आज त्यही पापले होला सायद मलाई सुक्खा खबुस खाएर दिन बिताउनुपरेको छ जे होस् आज ती विगतलाई सम्झेर आमालाई अति सम्झन्छु अनि तिमीले फोनको कुरा गर्छौँ । यहाँ त मरुभूमि हो नत बजार छ न त बस्ने खाने राम्रो व्यवस्था छ फोनको कुरा छाडीदेउ बरु मलाई यो सोध भेडा र बाख्रा कति छन्, कुन भेडालाई दाना खुवायौँ कि खुवाएनौँ भन्ने मात्र सोध्नु, त्यहाँ भने तिमीले चित्त नदुखाउनु र यस्तो पनि न सम्झनु मलाई कहिले काहीँ मात्र सम्पर्क गर्छ भनेर । तर, त्यस्तो हैन । समयले साथ नदिएर यस्तो लागेको हो । तिम्रो मायाले गर्दा नै म आज सम्म बाँचिरहेको छु । त्यसैले तिमीले कदापी त्यस्तो नसोच्नु मेरो तिमीलाई बिन्ती छ । मेरो जीवनमा तिमीबाहेक अरू कोही छैन र हुने पनि छैन । यो मेरो वचन तिमीलाई दिन चाहान्छु । सायद मृत्युभन्दा अगाडि ।तिमीलाई के थाहा अरूणा हर पल तिमीसँगै बिताएका क्षण अनि भञ्ज्याङ देउरालीमा मीठो शीतल पवनसँगै बहेली खेलेको सम्झदै यो विकराल स्थतिसँग सिगौरी खेल्दै मरुभूमिमा बाँचिरहेको छु, कहिले भाग्यलाई दोष दिँदै कहिले देश, काल, परिस्थितिलाई । यो पराइभूमिमा को नै छर पर–परसम्म कोही देखिँदैन यो रापिलो बाफबाहेक, यो रापसँगै अझैँ मन जल्दा आँखाबाट बलिन्द्र आँशु खस्छन् । यो बालुवाको देशमा बालुवाको आँधीको के कुरा गर्नु कहिले त उडाउलाझैँ गरी केही नदेखिने कुहिरीमण्डल भएर सुनामीजस्तै गरी ज्यानमारा हुरी–बतास चल्छ त्यो खुलाठाउँमा काहाँ जाने घोप्टो परेर आँखाछोपि बस्नुपर्छ त्यसैले मेरो हृदयलाई कमजोर पार्ने कुरा कत्ति नगर जे जसो भए पनि तिम्रो न्यानो मायाको शीतलछायाको सम्झानामा दिन काट्दै आएको छु । तिमी पनि आफ्नो इज्जतमा बसेर मिलनको आशामा गोदावारी सजाउँदै गर समय बित्न कत्तिबेर लाग्दैन अवश्य म मीठो सपना बोकी फर्किनेछु ।अन्त्यमा आफूलाई विचलित नपार्नु आफैँले आफ्नो मन सम्हाल्नु अनि भविष्यलाई कसरी टार्नुपर्छ भन्ने जमर्को गर्नु समयमा खानु हवस्त बाई । उही तिम्रो अभागी प्रेमी अरूण ।बाँकी अरू भेटमा...भोला थापा क्षेत्री
वसन्तपुर, ३ तनहुँ
हाल : मरुभूमि बालुवाटार, दोहा कतार
हाल : मरुभूमि बालुवाटार, दोहा कतार
1 comments
तपाइको बीचार ब्यक्त गर्नुस




January 17, 2013 at 4:31 AM
thanks for publish my artical esahitya sansar team...