जुठो तिम्रो अंगालोमा आऊँदिन अब म त!

जुठो तिम्रो अंगालोमा आऊँदिन अब म त!
चोखो माया घातिसँग लाऊँदिन अब म त!

धेरै गरें उन्कालागी भनी साध्य छैन केही!गुण गान निष्ठुरीको ,,गाऊँदिन अब म त

मैले कति जताउनी माया गर्छु भन्ने कुरा!बाटो त्यत्रो उकालिको धाऊँदिन अब म त!

हुनी भयो नहुनिनी ,भयो कति सही बस्नु?
दुःख पीड़ा जिन्दगीमा पाऊँदिन अब म त!

आफै जली उनीलाई सुख अनी खुसी पार्न!
टाढै हुन्छु शीतलता ,,,छाऊँदिन अब म त!
कृष्ण मानव खड्कासानोश्री ३ बर्दिया

0 comments

तपाइको बीचार ब्यक्त गर्नुस