बाहुन क्षेत्री तामांग लिम्बु राई उस्तै हो l

बाहुन क्षेत्री तामांग लिम्बु राई उस्तै हो l
नगर्नु हत्या सुँगुर बाख्रा गाई उस्तै हो ll

छलेर आँखा छलिन्न कै'ले ध्रुब सत्य यो,
आदर गरे शिक्षक साथी भाई उस्तै हो ll

कसिलो भए मायाको गाँठो किन गुलाफ?
मुस्काई थोरै थमाए हुन्छ जाई उस्तै हो ll

मनले बुझ्नु मनको बोलि कोई दिनमा,
रिसले हुन्छ!लजाई भन्दा नाई उस्तै हो ll

बिश्वास राखी सत्कर्म गर्नु भन्छ धर्मले,
त्यसैले भन्छु अल्लाह ईश साई उस्तै हो ll

कल्पना राई "खुशी"
दोलखा नेपाल
हाल-दक्षिण कोरिया

0 comments

तपाइको बीचार ब्यक्त गर्नुस