मिलन मेरो ,अंधुरो रह्यो ,,रोएछु भिजेर!


मिलन मेरो ,अंधुरो रह्यो ,,रोएछु भिजेर!

मुर्झेको देह ,आँसुले सधै ,,बचाएँ सिंचेर!


कोपिला हुँदै फुल्दैथ्यो प्रेम चुँडेर गैदियौ!

आघात प्रेम गरिछौ तिम्ले काँडाझैं बिझेर!


साँचोनै थियो कसम मेरो झूटो पो मानेर!

मनको माया मारेर गयौ पैसमा बीकेर!


सर्वस्व सुम्पें जे थियो मेरो जीवनै मानेर!

विस्वास गरें सौगात दीयौ राहू झैं पिरेर!


रोपेको फूल भएछ काँडा घोचेर अति भो!

मर्नेछू बरु बाँच्दीन अब के गर्नु जिएर!


कृष्ण मानव खड्का 

सानोश्री ३ बर्दिया

0 comments

तपाइको बीचार ब्यक्त गर्नुस