घृणा मात्र कति गर्छौ माया दिएर हेर ,
घृणा मात्र कति गर्छौ माया दिएर हेर ,आँशुको मोल थाह हुन्छ आफै पिएर हेर ।
...
दु;ख सबै देख्न सक्छौ खुल्ला आकाश मुनि,
भोका नाङ्गा दुखिका ति पिडा लिएर हेर ।
अहमताको शिखरमा हास्दै कति बस्छौ ,
मान्छे बनि मान्छे सगँ अब जिएर हेर।
सजिलो छ वचनले मुटु छिया पार्न,
सक्छौ भने तिनै मुटु फेरी सिएर हेर ।
देखाईमा भन्दा फरक हुन्छ भोगाईमा ,
जिन्दगीकै यो सागर भित्र खिएर हेर ।
शान्ति अधिकारी
बाँके २०६९
दु;ख सबै देख्न सक्छौ खुल्ला आकाश मुनि,
भोका नाङ्गा दुखिका ति पिडा लिएर हेर ।
अहमताको शिखरमा हास्दै कति बस्छौ ,
मान्छे बनि मान्छे सगँ अब जिएर हेर।
सजिलो छ वचनले मुटु छिया पार्न,
सक्छौ भने तिनै मुटु फेरी सिएर हेर ।
देखाईमा भन्दा फरक हुन्छ भोगाईमा ,
जिन्दगीकै यो सागर भित्र खिएर हेर ।
शान्ति अधिकारी
बाँके २०६९




0 comments
तपाइको बीचार ब्यक्त गर्नुस