दिलकी धड्कन हौ मायाकी खानि हौ तिमी !
मुटुमा बसेकी मेरी मनकी रानी हौ तिमी !!
बगेर जाने नदीको निर्मल पानि हो माया !
फूलको बगैँचामा खेल्ने सानी हौ तिमी !!
सजाए तिमीलाई फूलजस्तै दिलको कुनामा !
जहाँ भए पनि प्राण प्यारी नानि हौ तिमी !!
मखमली फुलजस्तै सुवास छर्ने त्यो फूल !
जे भन्दा पनि नरिसाउने ज्ञानी हौ तिमी !!
मलाई छोडी अर्कैसँग नछुट्ने नाता गाँसे पनि !
कहिले भुल्न नसक्ने लागेको बानि हौ तिमी !!
हरि सिंह माल "मुस्कान "
गोकुलेश्वर,बैतडी





0 comments
तपाइको बीचार ब्यक्त गर्नुस