“प्रिय भन्छिन् बिदेश नजानुस्”
“प्रिय भन्छिन् बिदेश नजानुस्”
म
एक शिक्षित ब्यक्ति हुँ
म संग कला छ
क्षमता पनि छ
म भन्छु कमाउन बिदेश जान्छु
यही छ अबसर
यही फल्छन् डलर
आफ्नै देशमा काम गर्न सकिन्छ
प्रिय भन्छिन् बिदेश नजानुस्
खै त अवसर
काँहा छ रोजगार
म आफु नम्र बन्नै जान्दैन
त्यसैले त म बिदेश जान्छु
यहाँ बिना चाकडी केहि हुदैन
केहि पाउन केहि गुमाउनु पर्छ
प्रिय भन्छिन् बिदेश नजानुस्
म आफ्नो देशमा केहि देख्दैन
व्यापार गरौ ऋण पनि पाइदैन
ऋण खोजेरै भए’नि म त
बिदेश त जान्छु जान्छु
सानो रकम बाटै जीवन चल्छ
ऋण लिएर सन्तानलाई
दुःखमा राख्ने कुरा नसोच्नुस्
प्रिय भन्छिन् बिदेश नजानुस्
के जीवन भरी मायाँ र प्रेमले
खान पुग्छ र हामीलाई
हाम्रो जीवन यसरी नै चल्छ र
म त अझै भन्छु बिदेश त जान्छु
भनेको मान्नुस् प्यारा
धन नभई नहुने चीज हो
तर धन सबै थोक हैन
प्रिय भन्छिन् बिदेश नजानुस्
मैलै धेरै अनुरोध गरे
मलाई धन कमाउनु
बिदेश गएर केहि नयाँ कुरा
बुझ्ने चाहाना थ्यो र त
भनिरहेको थिए
म बिदेश जान्छु
यति मायाँ गरेको छु
सगै सधै साथमा छु
दुःख र सुखमा सधै
साथ दिएकै छु
भन्नुस् अब हजुरलाई
के को कमि भयो र ?
के पुगेन प्यारा ?
किन बिदेश बिदेश
भनिरहनु भएको छ ?
यही छ अवसर
त्यो अवसरको सदुपयोग
गर्न सकिन भन्नुस् न बरु
किन लाचार भएर
बिदेश बिदेश भन्नुहुन्छ
म त भन्छु प्यारा
हाम्रो मायाँलाई
हाम्रो न्यानो साथलाई
छोडेर बिदेश नजानुस्
बिदेश नजानुस् !
बिदेश नजानुस् !!
बिदेश नजानुस् !!!
सुरज थापा मगर
surajyomaya@gmail.com
म
एक शिक्षित ब्यक्ति हुँ
म संग कला छ
क्षमता पनि छ
म भन्छु कमाउन बिदेश जान्छु
यही छ अबसर
यही फल्छन् डलर
आफ्नै देशमा काम गर्न सकिन्छ
प्रिय भन्छिन् बिदेश नजानुस्
खै त अवसर
काँहा छ रोजगार
म आफु नम्र बन्नै जान्दैन
त्यसैले त म बिदेश जान्छु
यहाँ बिना चाकडी केहि हुदैन
केहि पाउन केहि गुमाउनु पर्छ
प्रिय भन्छिन् बिदेश नजानुस्
म आफ्नो देशमा केहि देख्दैन
व्यापार गरौ ऋण पनि पाइदैन
ऋण खोजेरै भए’नि म त
बिदेश त जान्छु जान्छु
सानो रकम बाटै जीवन चल्छ
ऋण लिएर सन्तानलाई
दुःखमा राख्ने कुरा नसोच्नुस्
प्रिय भन्छिन् बिदेश नजानुस्
के जीवन भरी मायाँ र प्रेमले
खान पुग्छ र हामीलाई
हाम्रो जीवन यसरी नै चल्छ र
म त अझै भन्छु बिदेश त जान्छु
भनेको मान्नुस् प्यारा
धन नभई नहुने चीज हो
तर धन सबै थोक हैन
प्रिय भन्छिन् बिदेश नजानुस्
मैलै धेरै अनुरोध गरे
मलाई धन कमाउनु
बिदेश गएर केहि नयाँ कुरा
बुझ्ने चाहाना थ्यो र त
भनिरहेको थिए
म बिदेश जान्छु
यति मायाँ गरेको छु
सगै सधै साथमा छु
दुःख र सुखमा सधै
साथ दिएकै छु
भन्नुस् अब हजुरलाई
के को कमि भयो र ?
के पुगेन प्यारा ?
किन बिदेश बिदेश
भनिरहनु भएको छ ?
यही छ अवसर
त्यो अवसरको सदुपयोग
गर्न सकिन भन्नुस् न बरु
किन लाचार भएर
बिदेश बिदेश भन्नुहुन्छ
म त भन्छु प्यारा
हाम्रो मायाँलाई
हाम्रो न्यानो साथलाई
छोडेर बिदेश नजानुस्
बिदेश नजानुस् !
बिदेश नजानुस् !!
बिदेश नजानुस् !!!
सुरज थापा मगर
surajyomaya@gmail.com





0 comments
तपाइको बीचार ब्यक्त गर्नुस