दिल दुख्दाको मरहम भा'छ पिडा अझै


दिल दुख्दाको मरहम भा'छ पिडा अझै
संगीतको त्यो सरगम भा'छ पिडा अझै

मलाइ दुख्दा गुन्गुनाउने यो भावमा गित
दर्द सीमाको त्यो'चरम भा'छ पिडा अझै

मज्जा छ छुट्टै  राग र परागमा रुनुको
अन्तरा थपू या के'गरम् भा'छ पिडा अझै

खुशी छु म सधै पिडाको यो गहिराइमा
डुब्की मार्छु भो न'तरम भा'छ पिडा अझै

होलिन् हेर्दै खुशी हुदै लुक्दै कहिँ देखिन् त
उन्लाइ खुशी दिन ठहरम भा'छ पिडा  अझै

सुरज गुरुङ
हाल भारत
भोर्लेटार लमजुङ

0 comments

तपाइको बीचार ब्यक्त गर्नुस