मान्छेहरु देउता ठान्छन निर्जीव त्यो ढुंगोलाई
मान्छेहरु देउता ठान्छन निर्जीव त्यो ढुंगोलाई
देउता पनि छल गर्छन लाटो सोझो बुँगोलाई
जीबनलाई काडासंग दाज्ने गर्छन मान्छेहरु
कसले भन्छ जीबन यो सुन्दर फूलको थुँगोलाई
मान्छेहरु मान्छेलाई मान्छे भन्न छोडीसके
पशु देख्ने आँखा कस्ता निर्बल र हलुङ्गोलाई
हत्केलाले सुर्य छेक्ने आँट गर्छन मान्छेहरु
रोक्न खोज्छन रहरैले जीबन बाच्ने टुंगोलाई
सुशील भुषाल "आदर्श "
अमरापुरी-५ नवल परासी




0 comments
तपाइको बीचार ब्यक्त गर्नुस