तिम्ले भने झै भएन र त परिवेश बनाउन सकिन

तिम्ले भने झै भएन र त परिवेश बनाउन सकिन
मन भयो धन भएन र त देश बनाउन सकिन

रहर धेरै सबै मेरै भन्ने हाम्रो नराम्रो बानीले त हो
रहर भयो ज्यान भएन र त भेष बनाउन सकिन

हातैमा आउँछ हातैमा जान्छ व्यापार त राम्रै हो
भष्ट्रचार भयो पैसा भएन र त शेष बनाउन सकिन

हाम्रो देश राम्रो नेपाल त भन्छौ सधैभरी सुनाउन
बल भयो अवसर भएन र त स्वदेश बनाउन सकिन

राम्रो कुरा खोज्ने तिमी अरुको चाकडी मै व्यस्त छौ
बुद्धि भयो मन भएन र त विदेश बनाउन सकिन


सुरज थापा मगर
जयखानी ८ गुल्मी
हाल बुटवल

0 comments

तपाइको बीचार ब्यक्त गर्नुस