कथा "यो कस्तो प्रेम" 3013/10/10

शान्ति पाख्रिन तामाङ
बन जङ्गल खोला नाला उकाली ओराली गर्दै बाटुली हुर्किदै गएकी थिइन् | गरिबी परिवारमा जन्मेकी बाटुलीले एक सरो राम्रो लुगा भने कहिले लाउन पाएकी थिएनन  | गरिबी सँग सँगै विधाताले ठगेकी बाटुली आमा बिनाकी एक टुहुरी छोरी थिइन तर त्यहीगाउमा जमिन्दार भन्ने एक धनि व्यक्ति पनि बस्ने गर्थ्यो | तिनै जमिन्दारको खेत बारीमा बाटुलीको बुबा धेरै बर्ष पहिले देखी काम गर्दै आइरहेको थियो र तिनै एक श्रोत थियो आफ्नो परिवारलाई दुइ छाक मिठो मसिनु खुवाउने | कहिले काही बाटुली पनि आफ्नो बुबा संगै जमिन्दारको घरमा सर सफाई गर्न भनेर जाने गर्थिन् | दिन भरी घर सफा गर्ने गहुँ चामल केलाउने कपडा धुने यही काम बाटुलीको हुने गर्थ्यो जब साँझ ढल्किन थाल्थ्यो बाटुलीको बुबा हलो र जुवा बोकेर जमिन्दारको घरमा आइ बाटुलीलाई संगै घर लिएर जाने गर्थ्यो,,यस्तै गरी दिन , महिना बर्ष बित्दै गर्यो कहिलेकाही मात्र बाटुली आफ्नै घरमा बस्न पाउथी | पुरानो लुगा लगाए पनि उनि सारै राम्री देखिन्थी कालो लामो कपाल रातो धागोले बाटेकी हुन्थी , निधारमा सानो कालो टिका सधै जसो लगाउने गर्थी | गरिबीले गर्दा होला स्कुलको नाम त उन्ले सुनेकी थिइन तर स्कुल कस्तो हुन्छ उनलाई केही थाहा थिएन एकदम सोझी थिइन निरिह थिइन भर्खर बोल्न थालेको बालक जस्तो ,सहि के हो गलत के हो केही पनि थाहा थिएन उनलाई सायद सहि गलत सिकाउने आमाको साथ सानैमा छुटेर पनि होला फेरी गरिबीको कारणले गर्दासानै देखी दु:खको चपेटामा परेकोले पनि होला |

कम्बरमा गाग्री बोकेर धारा तर्फ जादै गर्दा कसैले उनलाई बोलाएको जस्तो आभास हुन्छ उनलाई साच्चै नै कसैले बोलाएको जस्तो आवाज बाटुलीको कानमा पर्छ |बाटुली ए बाटुली कता हिडेकी एसरी हतारिदै ? उन्ले को होला भनि फरक्क फर्केर हेर्छिन नभन्दै एक युबक उ भन्दा केही पर झोला बोकेर उभिएको देख्छिन र त्यही निर गाग्री भुइमा राखेर  टक्क उभिएर बस्छिन |त्यो युबक अलि नजिक आएर बाटुलीलाइ तल देखी माथि सम्म एकनासले हेरीरहदा बटुली अलि डराएझै गरी आफ्नो पाइला पछाडी सार्छिन यतिकैमा तिमी बाटुली हैन ?त्यो युवकले प्रश्न गर्छ ,अनि उनि अक्मकाउदै हजुर भन्न पुग्छिन | तिमी त कति ठुली भैछ्यौ अनि कहाँ हिडेकी गाग्री बोकेर ?(फेरी प्रश्न गर्छ )बाटुलीले चिन्न सक्दिन एकछिन सोचाइमा पर्छिन को होला ? कसरी मलाइ चिनेको होला ? कहाँ बाट आएको होला ? यस्तै यस्तै सोच्दा सोच्दै हैन किन एसरी टोलाकी मलाइ चिनेनौ ? युवकले फेरी प्रश्न गर्छ ,, मुन्टो हल्लाउदै नचिनेको संकेत गर्छिन ..............

फेरी त्यो युवकले आफ्नो परीचय दिदै भन्छ म जमिन्दार काजीको छोरा के त रमेश तिमीले कस्तो नचिनेको हामी सानो छदा संगै खेल्थ्यौ नी .. बाटुलीले ए सानो मालिक पो मैले त चिन्नै सकिन भनी छोटो उत्तर दिन्छिन .. चिनोस पनि कसरी उ नौ बर्षको हुदा नै शरहको इंग्लिस पढ्ने स्कुलमा पढाउन भनि शहर पठाएका थिए त्यस दिन देखी आज सम्म बाटुलीलेउस्लाई देखेकी थिइनन् उ त शहर गएर शहरको रहन सहन र शहरको हावा पानीले कति धेरै परिबर्तन भैसकेको थियो तर बाटुली भने पहिले जस्तै पातली र दुब्ली थी एकै छिनको कुराकानी पछी उ अफ्नो घर तिर लाग्यो भने बाटुली भने एकछिन उभिएर हेरीरही आखाले उस्को छाया देखुन्जेल सम्म अनि गाग्री टिपेर धारा भए तिर लागी |

भोली पल्ट बिहानको उज्यालोमा फेरी बाटुली त्यही जमिन्दारको घरमा आफ्नो बुबा सँग काम गर्न गईन् फेरी उन्को तिनै युवक सँग भेट हुन्छ जो चाइ आफ्नो पढाईको बिदामा एक महिनाको लागी घरमा आएको हुन्छ उसै सँग दिनहु जसो बाटुलीको भेट हुने गर्छ बाटुलीले घर सफा गर्दा ओछ्यान मिलाउदा गहु चामल केलाउदा सघाए झैँ गर्न थाल्छ त्यो युबक बटुली खै म पनि सघाई दिन्छु नी दिन भरी कति एकलाई काम गर्छौ मेरो पनि केही काम छैन (भो भो सानो मालिक म आफै गरी हाल्छु नी ) बाटुलीले अलि लजाएझै गरी मसिनो स्वरमा उत्तर दिदै बोल्छिन .. एकदिन त्यो युवकले बाटुलिलाई भन्छ तिमी कति राम्री छौ खै किन हो मलाइ तिमी असाध्यै मन पर्छ आज भोली म तिमीलाई मन पराउन र माया गर्न थालेकी छु यति कुरा सुनेर बटुली केही बोल्नै सक्दिन नतमस्तक हुन्छिन त्यो युवकले बारम्बार यही कुरा दोहोराइ रहदा बटुली चुप बस्न सक्दिन र आफ्नो ओठ खोल्न बाध्य हुन्छिन (सानो मालिक तपाइँ शहरमा बस्नु हुन्छ पढेलेखेको मान्छे म एउटी साधारण केटि कहिले स्कुल गएकी छैन स्कुल कस्तो हुन्छ त्यो पनि थाहा छैन र म एक गरिब घरकी छोरी हामीले तपाइको बुबाको घरमा काम नगरी एक छाक पनि खान पाउदैनौ यस्तो कुरा नगर्नु होला मालिक साबले थाहा पाउनु भयो भने म संगै मेरो बुबालाई पनि काम बाट निकाली दिनु हुन्छ त्यस पछी हामी काहा जाउ हामी त भोक भोकै मर्ने छौ | बाटुलीको एस्तो कुरा सुनेर उस्ले फेरी थप्छ , तिमीलाई मैले मन पराएको हो मेरो बुबाले हैन फेरी तिमीलाई बिवाह गरेर म संगै शहर लान्छु अहिले त मेरो जागिर पनि छ म आफै कमाएर तिमीलाई सुख सँग राख्छु तिमीले दु:खको मुख कहिले देख्नु पर्ने छैन तिम्रो बुबालाइ पनि हामी संगै मिलेर साहयता गरौला नी ....

उस्को यस्तो कुरा  सुनेर बाटुलीको त्यो निरिह मन्मा अनेकौ कुरा खेल्न थाल्छ दिन भरी काम गर्दा पनि थकाइ लागेको महसुस सम्म गर्दिन र रातमा पनि उसैलाई सम्झेर अनेकौ सपना बुन्दा बुन्दै कति खेर उन्को आखाहरु निदाउन पुग्छ त्यो पनि थाहा हुदैन यस्तै गरी कयौ दिन बिते त्यो युबक पनि शहर जाने आउने क्रम बढ्दै जान थाल्यो शहर बाट गाउ आउदा बाटुलीको निम्ति केही न केही उस्ले उपहार ल्याई रहन्थ्यो कहिले चुरा कहिले मेकअपको सामान त कहिले लुगाहरु यस्तै गरी यी दुइले एक अर्कालाई कसैको पनि डर नमानी माया निरन्तर गरी रह्यो |

उस्को प्रेममा पागल भएकी बाटुलीलाइ एक दिन त्यो युवकले घरमा कोहि नभएको मौका छोपी आफ्नो कोठामा बोलाउछ र अनेक कुरा गरी उनलाई फकाई फुलाई बटुलीको सरीरमाथि उस्ले राज गर्छ अनि अघाएको जुका झैँ उ खुशी हुन्छ तर रगताम्य भएकी बाटुली भने रुदै उस्ले फुकालेर लथा लिङ्ग पारिदिएका कपडा हरु बटुलेर आफ्नो नाङ्गो सरीर ढाक्न तिर ब्यस्त हुन्छिन र उस्ले सम्झाउने प्रयाश गर्छ नरोउन बाटुली अब तिमी आत्मा र सरीरले पुरै मेरी भैसकेकी छौ म तिमीलाई चाडै नै बुबा सङ्ग कुरा गरेर बिबाह गर्ने छु उस्को यो कुराले बाटुलीले केही हद सम्म सान्तोना पाउछिन र आफ्नो मन्लाई सम्हाल्न कोसिस गर्छिन | अब त उनीहरुको प्रेमले सिमा नाघिसकेको थियो उनीहरुको बारेमा अब गाउ तिर पनि गाइ गुइ सुन्न थालिसकेको थियो र उस्को बुबाले पनि कता कता सुनेको थियो की घरमा काम गर्ने नोक्करको छोरी सँग आफ्नो छोराले माया गर्दो रहेछ भनि | यस्तो कुरा सुने पछी कस्को बाबुले आफ्नो सन्तानको कुभलो चिताउथ्यो र पक्कै पनि आफुले सुनेको कुरा साचो हुनु पर्छ फेरी तेत्रो गाउभरी मेरो कत्रो सान र इज्जत छ आफ्नो इज्जतमा कसैले औला उठाएको पनि त हेर्न सक्दिन भन्ने सोचेर उस्ले आफ्नो छोरालाई केही महिनाको लागी शहरमा पठाउने चाजो बाजो मिलाउछ र इनिहरुलाई कसरी टाढा गराउने भन्ने कुराले नै उस्को दिन बित्न थाल्छ |

इनिहरुलाई छुटाउने भन्ने बारेमा उस्ले सोचिरहेको बेलामा उ एउटा निष्कर्समा पुग्छ आफ्नो घरमा काम गर्ने नोकर सङ्ग बाटुलीको बिहे गरी दिने ... कमल चाइ सानैमा आफ्नो आमा गुमाएदेखी त्यही मालिकको घरमा गाइ बस्तु सम्हाल्ने काम गर्दै आएको हुन्छ  मालिकको केही कुरा पनि कमलले काट्न सक्दैन थियो भन्ने रमेशको बुबालाई राम्रो सँग थाहा थियो यही सोचेर उस्ले बाटुलीको बुबा सँग कूरा गर्न बाटुलीको घरमा जान्छ | अब त बाटुली पनि ठुली भइ सकी हुर्केको बढेको छोरीलाई घरमा राख्नु हुदैन भन्छन पछी आफ्नै नाक काट्न बेर लगाउदैन के छ तेरो बिचार ? मालिकले प्रश्न गर्दा प्रति उत्तरमा खै हामी जस्तो गरीबको छोरीको हात कस्ले थाम्न आउछ र मालिक , उस्को यति कुरा सुने पछी अब चाइ यसलाई कमलको कुरा गर्दा कसो मनाही गर्ल्ला र पक्का पनि मैले जस्तो सोचेको तेस्तै हुदैछ भनि उस्ले कुरा अगाडी बढाउछ हैन किन तेस्तो कुरा गर्दैछस अब तेरो छोरी मेरो पनि त छोरी जस्तै होनी त्यसैले मैले एउटा विचार गरेकी छु मेरो घरमा भएको कमल सँग तेरो छोरीको बिहे गरीदिने बिहे पछी तेरो छोरी मेरै घरमा बस्छे कमल पनि मेरो छोरा जस्तै हो सानै देखी मेरै घरमा हुर्केको तेरो छोरीको बिहे कमल सँग गराई दियो भने तेरी छोरीले सुख पाउछे मैले पनि एउटा बुहारी पाउछु मालिकको एस्तो कुरा सुनेर बाटुलीको बुबाले खुशी हुदै हुन्छ भन्छ नाइँ पनि त भन्न सक्दैन थियो किन भने उनीहरु एक गरीब थियो फेरी गरीबको घरको छोरीलाइ बिहे गरेर लाने चाहना पनि कसैले गर्दैन थियो किन भने सबैले बिहे पछी दाइजो पनि पाउने आसा गर्दथ्यो त्यो दाइजो दिने हैसियत बाटुलीको बुबाको थियन ( दुबै जनाको सहमति पछी अब बाटुलीको बिहेको तारिक पक्का गर्ने कुरा भयो |

उस्ले घरमा कमल सँग कुरा गर्छ अब मैले तेरो बिहे बटुली सँग गरिदिने बिचार गरेकी छु मलाइ लाग्छ तैले नाइँ भन्ने छैन | मालिक म राम्रो पनि छैन मैले बाटुलिलाई बिहे कसरी गर्न सक्छु र उन्ले पनि मन पराउनु पर्यो फेरी मेरो कमाइ पनि छैन अनि उस्लाई मैले कसरी पाल्न सक्छु कमलले निरास हुदै मल्लिन स्वरमा भन्छ | तेस्को चिन्ता नगर म छदै छु नी सबै म सम्हाल्छु तैले मात्र हुन्छ भन अब सुन तेरो पनि उमेर भइसक्यो बिहे गर्ने त्यही भएर तेरो कुरा मैले बाटुलीको बुबा सँग गरे अनि तेरो बिहे बाटुली सङ्ग गरे पछी मैले पनि घरमा बुहारी पाउछु उस्ले अलि ठुलो आवाजमा भने पछी कमलले नाइँ भन्न सकेन र हुन्छ भनि टाउकोको इसारामा भन्छ |

भोली पल्ट बिहेको तारीक पक्का गर्न बाटुलीको बुबालाई घरमा बोलाउछ १५ दिन पछी बिहेको तारीक पक्का गरी उ घर फर्कन्छ र छोरी सँग कुरा गर्ने हौसला बटुल्छ छोरी के गर्दै छौ खाना पाकेन ? पाक्दैछ बुबा केही छिन धर्य गर्नु होला बटुलिले चुलामा दाउरा थप्दै भन्छिन् , छोरी तिमी सँग केही कुरा गर्नु थियो एकछिन यहाँ आइजत बुबाले बोलाए पछी बटुली जान्छिन र सोध्छिन बुबा हजुर कस्तो कुरा हो ? प्रश्न गर्छिन , हेर छोरी अब तिमी पनि ठुली भैसकी कति दिन यो बुडा बाउको सेवा गरेर बस्छौ तेरो उमेरका केही साथीहरु बिहे गरेर पनि घर बसाइ सके अब मैले पनि तेरो बिहे गरिदिने बिचार गरेकी छु , बटुली चुपचाप बसेर बुबाको कुरा सुनीरहन्छिन हिजो मालिक साबले तेरो बिहेको कुरा गर्नु भएको थियो कमल सँग मैले पनि तेरो भलाइ को लागी हुन्छ भनि दिए अबको १५ दिन पछी बिहेको तारिक पक्का गर्नु भएको छ के छ तेरो बिचार ? बटुली केही बोल्न सकिन नतमस्तक रही उस्ले मन मनै कुराहरु खेलाउन थालि सानो मालिक संग आफुले माया गरेको कुरा पनि आफ्नो बुबालाई भन्न सक्दिन थिन अनि बुबालाई खाना दिएर सुत्ने कोठामा जान्छिन र रुन थाल्छिन रमेश तिमी कहाँ छौ म ठुलो खाडलमा पर्न लागी सके मलाइ बचाउ म तिमी बाहेक अरु कसैको हुन सक्दिन र म अरु सँग कसरी बाच्न सक्छु ....यही सब्दहरु उन्को मुखबाट निस्किरहेको थियो त्यतिकैमा उन्को आखा त्यो टेबल माथि राखेको टुकी बत्तिको छेउमा पुग्छ जहाँ रमेशले दिएको कागजको टुक्रामा शहरको फोन नम्बर लेखेर दिएको थियो उन्ले त्यो फोन नम्बर भएको कागज उठाएर हतार हतार गाउको एक पसलमा पुग्छिन र स्वा स्वा गर्दै फोन लगाउन पसले दाइलाई अहराउछिन् तपाइले सम्पर्क गर्न खोज्नु भएको नम्बरमा अहिले सम्पर्क हुन् सकेन केही छिन पछी पुन प्रयाश गर्नु होला यही आवाज फोन बाट प्रतिउत्तरमा आउछ निरन्तर आदि घण्टा सम्म फोन लगाउने प्रयाश गरी रहदा पनि त्यही सब्दले जोडिएको आवाजले उत्तर दीइरह्यो र उनि निरास भएर घर तिर लागिन ,अब कुनै बिकल्प नै थिएन कमल सँग बिहे गर्नु बाहेक .......|

रुदै छटपटीदै र रमेशलाई सम्झदै १५ दिन पनि बित्यो र बाटुलीको बिहे पनि कमल सँग भयो कमल सँग बिहे भएको १ हप्ता पछी मालिकले कमललाई पनि शहरमा काम गर्न पठाउने निर्णय गरी काठमाण्डौ पठायो घरमा मालिक र बाटुली मात्र थिन कमल काठमाण्डौ गएको १ हप्ता पछी थाहा भयो की बाटुलीको महिना नागिसकेको रहेछ उनि चिन्तामा परिन र त्यो कुरा सुनाउनको लागी बाटुलीको कोहि साथीहरु पनि थिएन भएको भए पनि कसरी सुनाउन सक्थी र बिहे गरेको २ हप्तामै कसरी उनि आमा बन्न सक्थिन र यो असम्भब थियो रमेशलाई फोन लगाउने प्रयाश अझै पनि जारी नै रह्यो कमल सँग बिहे गरेको पनि ८ महिना बित्यो र बाटुलीले एउटा सुन्दर बालक छोरालाई जन्म दिईन तर सुत्केरी अबस्थामा पनि उनलाई स्याहार सुसार गर्ने कोहि थिएन माइत पनि जान सग्दिन थिइन् दुख र सङ्घर्स गर्दा गर्दै २ बर्ष बित्यो छोराले पनि बोलि फुटाउन थालिसकेको थियो "आमा" यस्तै छोटो छोटो सब्द अनि टुकु टुकु हिड्न थालि सकेको थियो तर छोरा ठुलो हुदा पनि कोही आएन न त बिबाह गरेर श्रीमती बनाएको श्रीमान कमल न त आफुले माया गर्छु भनेर आफ्नो स्वार्थ लुट्ने रमेश नै अब त मालिकले पनि बटुलीलाइ वास्ता गर्न छोडी सकेको थियो एउटा गोठमा बाटुलीको लागी बस्ने बेबस्था मिलाई दिएको थियो अब बाटुलीको घर नै त्यो गोठ भएको थियो गाउलेहरुले अनेकौ कुरा गर्न थाले बाटुलीको बारेमा पधेर जादा होस् मेला पात जादा बाटुलीलाई नछेडेको भने कुनै दिन थिएन कहिले आउछ तेरो पोइ की तलाई छोडेर अर्कै सँग घरबार बसाएर बसेको त छैन ? अनि यो छोरा चाइ कस्को हो नी कमलकै त हो ? यस्तै यस्तै प्रश्नको ओइरो लगाउदै गलल हास्ने गर्थ्यो अब बाटुली र उन्को छोरा गाउलेको हासोको पात्र बनिसकेको थियो |

एकदिन बाटुलीले त्यो गाउ छोडेर शहर जाने निर्णयमा पुग्छिन र आफ्नो छोरालाइ पछ्यौरीले ढाडमा बोकेर झोलामा केही कपडा र थोरै पैसा बोकेर बिहानै हिडीन् बसपार्क पुगे पछी उन्ले एउटा टिकट काठमाण्डौको काटी र अन्तिम सिटमा गएर बसिन काठमाण्डौमा गएर कहाँ बस्ने भन्ने पनि उनलाई थाहा थिएन छोरालाई के खुवाउने भन्ने पनि थाहा थिएन तर गाउमा सबैको हासोको पात्र बन्नु भन्दा गाउ नै त्यग्नु बेस ठानिन उन्ले र हराएको कमललाइ काठमाण्डौमा भेट्टाए भने आफ्नो बारेमा सबै कुरा मन खोलेर सुनाउने हिम्मत जुटाएर उनि हिडेकी थिइन् , कलंकी कलंकी यस्तै आवाज बटुलीको कानमा पर्यो ल काठमाण्डौ आइपुग्यो कलंकीमा झर्ने छ भने झरिहल्नुस है ढोकामा बस्ने एक युवकले बोलिरहेको थियो उनि छोरा र झोलाको पोको बोकेर त्यहीनेर ओर्लिए र कता जाने भन्ने बारेमा एकछिन त्यही उभिएर सोच्न थालिन | गाउमा हुर्केकी बढेकी बाटुलीले शहरको यत्रो ठुलो रुप कहिले देखेकी थिइनगाडीहरु जाम भएर गुड्नै नसकेका थिए अनि  धेरै मान्छेहरुको भिड हतातारिदै कोहि दायाँ त कोहि बायाँ पट्टि हिडिरहेका उन्ले देखिन लाग्थ्यो जसरि चराहरु जब साँझ पर्छ अनि आफ्नो बास इस्थान खोज्दै गुर्डमा फर्किएझै | त्यस मानिसहरु हतारिदै हिडेको देख्दा उनले आफ्नो गाउ र आफुले छोडेको घर सम्झिन जहाँ उनि पनि दिन भरी मेला पात गरेर साथीहरु सङ्ग साँझमा हतारिदै घर आउने गर्थिन | यतिकैमा छोरोको रुवाइको चित्कारले उन्को ध्यान छोरो प्रति केन्द्रित गर्छ आमा भोक लाग्यो ,आमा भोक लाग्यो , बाटुली पनि आखाभरी आँसु पारी रुन थालिन र छोरोलाई सम्झाउदै सान्त पार्ने प्रयास गरिन , बाबु एकै छिन पर्ख है उ पर गएर केही किनेर खाउला भनि छोरोलाई काखी च्यापेर दायाँ बाटो तिर लाग्छिन र एउटा खुद्रा पसलमा गएर छोरोको निम्ति केही खाने कुरा किनेर खुवाउछिन् |

लामो यात्रा गरेर आएकी बाटुली छोरो बोकेर हिड्दा हिड्दा बेस्सरी थाकेकी थिइन् रात पनि झमक्क परी सकेको थियो चारै तिर झिली मिलि बत्ति बलिरहेको थियो भने गाडीको बत्तिको उज्यालोमा उनिलखतरान परेर हिड्दै थिइन् कहाँ पुगिन्छ भन्ने केही पनि थाहा थिएन केही छिनमा नै बिजुली चम्केर बेस्सरी पानि पर्छ उनि छोरालाई आफ्नो फरियाको आचाल्ले ढाक्ने प्रयास गर्छिन पानि पर्दा पनि उनिअगाडी बडीरहीन् अलि पर पुगे पछी उन्ले एउटा ठाउ भेटाउछिन जहाँ चाइ तिन पट्टि पर्खाल हालेर माथि बाट पुरानो जस्ताले ढाकेको थियो उनि त्यही बसिन त्यो रात चिसो कपडालगाएर त्यही पौवामा रात बिताइनबिहानको मिर मिर उजेलीमा उनि छोरा बोकेर कतै काम पाइन्छ की भनेर पसलहरु चाहार्न थालिन तर भर्खर गाउ बाट आएकी त्यसमाथि पनि छोरो साथमा भएको कारणले कसैले पनि बाटुलीलाई काम दिन राजि भएनन् र साझ त्यही पौवामा आएर सुतिन उन्ले हिम्मत हारिनन् र इट्टा भट्टा तिर काम खोज्न थालिन उन्ले आफु गाउ बाट आएको र आफ्नो सबै समस्या एक महिलालाई बताए पछी उन्ले काम पाउने भइन इट्टा बोकेर घर बनाउने ठाउ सम्म पुराउने अनि उन्को लागी बस्ने बेवास्ता पनि गरियो उनि इट्टा भट्टाको छेउमा नै इट्टाले बारेको सानो छाप्रोमा बस्थिन् जहाँ चाइ बर्खामा भित्र सम्म पानि पसेर आहाल नै हुने गर्थ्यो तर पनि बाटुली त्यहाँ बस्न पाएको र आफुले काम पाएकोमा धेरै खुसी थिइन् |

उनि आफु बिरामी परेको बेलामा पनि काम गर्न जान्थिन उन्को यस्तो काम देखेर साउ सारै खुशी भयो र आफ्नो श्रीमती सँग घरमा गयर कुरा गर्न थाल्यो | मैले एउटा महिलालाइ काम दिएकी छु उनले सारैदु:ख पाएकी रहेछिन साथमा एउटा छोरो पनि छ घरको मान्छेले वास्ता नगरे पछि उनि शहर आएकी रहेछिन मैले उन्को दु:ख देख्न नसकेर काममा राखे र बस्ने बेबस्ता पनि मिलाइदिए उन्ले लगनसिल भएर कामगरेको देख्दा म एकदम खुशी छु यसरी नै बेली बिस्तार लगाएर उस्ले बाटुलीको कुरा सुनाउछ | आफ्नो श्रीमानको कुरा सुनेर उनलाई पनि बाटुली सँग भेट्ने चाहना भएको कुरा श्रीमानलाई ब्यक्त गर्छिन र भोली पल्ट बाटुलीलाई भेट्न उनि केही खाना बोकेर आउछिन | उनि आफ्नो र छोराको कपडा सानो बाटामा राखेर धुदै गर्दा साउ र साउनी आफु भएको तिर आएको देख्छिन र हतार हतार हात पखालेर फरियाको एक छेउले पुस्छिन यीनी नै हुन् मैले कुरा गरेको महिला ल तिमीहरु कुरा गर्दै गर मेरो काम छ म जान्छु श्रीमान्ले भन्छ र उ जान्छ |
  
बाटुली तिम्रो बारेमा मैले सबै कुरा थाहा पाए तिम्रो काम देखेर उहा सारै खुशी पनि हुनुभएको छ लाउ यो केही खानेकुरा छ तिमी पनि खाउ र छोरालाई पनि खुवाउ भन्दै बाटुलीको हातमा एक प्लास्टिकको झोला थमाई दिन्छिन बाटुलीले आखा भरी आसु पर्दै आफु कमललाइ खोज्न आएको कुरा सुनाउदा उस्ले म तिमीलाई साथ दिन्छु भने पछी उन्को अनुहार खुसीले उज्यालो हुन्छ र धन्यवाद ब्यक्त गर्छिन |
  
केही दिन पछी बाटुली छोरालाई बोकेर सामान किन्न बजार जादा उस्ले नभन्दै एउटा ग्रिल पसलमा कमललाई देख्छ पक्कै पनि कमल हुनु पर्छ भनि उनि हतारीदै कमल भएको ठाउमा जान्छिन न भन्दै कमल नै हुन्छ | उनि केही बोल्न सक्दिनन् कमल पनि अचानक बाटुलीलाई आफ्नो अगाडी देख्दा सपना हो की बिपना हो ठम्याउनै सक्दैन र छक्क पर्दै एकोहोरो हेरी रहन्छ केही छिनको हेराहेर पछी बाटुली तिमी यहाँ ? कमलले प्रश्न गर्छ | हजुर तपाइँलाइ खोज्दै आएको तपाइँ यतिका बर्ष सम्म किन घर नाफर्किनु भएको ? हेर्नुस तपाइको छोरा पनि यति ठुलो भइसक्यो तपाईलाई थाहा छ ? अनि बिहे पछी तपाइले आफ्नो जिम्मेवारी भुल्नु भयो ? के तपाईलाई हाम्रो माया लाग्दैन ? के तपाईलाई मेरो याद आएन ? बाटुलीले रुदै सासै नफेरी प्रश्नको ओइरो लगाई उन्को यस्तो कुरा सुनेर कमल केही बोल्न सकेन उ सोच मग्न हुन्छ किन बाटुलीले यस्तो कुरा गर्दै छ उ केही बुझ्न सक्दैन अनि बाटुली तिमी कहाँ बस्छौ अहिले तिमीलाई कस्तो छ भनि सोध्न बाध्य हुन्छ उन्ले पनि आफु बसेको ठाउ आफ्नो काम र आफु गाउ छोडेर आएको कुरा कमललाई बेलिबिस्तार लगाएर सुनाउछ र उनीहरु फेरी छिट्टै भेट्ने बाचा सहित बिदा हुन्छन |

त्यस रात उन्को मनमा धेरै कुराहरुले प्रश्न गरिरहेको हुन्छ उनि रातभरी छटपटीमा कोल्टे फेर्दा फेर्दै उज्यालो हुन्छ बिहानै उन्ले साउनिलाई कमल भेटेको खबर सुनाउनको लागी फोन गर्छिन र आफुले अचानक कमललाई भेटेको कुरा सुनाउदा साउनी पनि खुशी हुन्छ | दिनभरी काम गरे पछी छोरा बोकेर फेरी कमललाई भेट्न जान्छिन कमलले उनलाई आफु बसेको कोठामा लान्छ बाटुली तिमीले म सँग त बिहे गर्यौ तर मैले तिमीलाई श्रीमतीको दर्जा दिएकी छैन न त तिमीलाई नै छुएको छु तर तिमीले यो मेरो छोरा हो भनेको कुराले म सोच्न बाध्य भएको छु मलाइ तिमी आफ्नो एउटा साथि झैँ ठान्छौ भने भन यो कस्को बच्चा हो कस्को पाप हो | उस्ले राम्रै मुखले सोद्छ  तर बाटुलीले तपाइको नै हो भनि उत्तर दिदा उ रिसले आगो हुन्छ र झर्किन पुग्छ मैले आज सम्म दुख गर्दै छु कुनै दिन तलाई खुशी राखुला भनेर तर तैले मेरै इज्जतमा दाग लगाउदै छस् मैले तलाई यस्तो सोचेको थिन मैले तेरो प्यास मेटाउन सकिन त्यसैले दुनिया सँग लागिस आज आएर यो पापको नासो मेरो भन्न तलाई लाज लाग्दैन त अहिले निस्केर गइहाल त मैले बिहे गरेर छोडेको बाटुली हुनै सक्दैन | उनि रुन बाहेक केही गर्न सकिनन् र फर्केर आफ्नै छाप्रोमा फर्किन |

उनि निरन्तर रोइरहेको देखेर छोराले आमा के भयो किन रुनु भएको भनि प्रश्न गर्दा उनि छोराको टाउको आफ्नो छातीमा राखेर झनै भक्कानिदै रोइ त्यो रात उन्ले रोएरै कटाइ अब के गर्ने छोराले मेरो बाउको हो भनि कसलाई देखाउने रमेशले त धोका दिएर आफ्नो बाटो लाग्यो कहाँ खोजु म के मैले उस्लाई भेटाए पनि उस्ले मलाई कमल सँग बिहे भएको सुने पछी सुइकार्ला त ? अनि यो छोरोलाई नी ?उनि यस्तै कुराले छटपटीदै थिइन त्यतिकैमा साउनिले उनलाई गरेको बाचा याद आउछ म तिमीलाई साथ दिन्छु तिमीलाई सहायता गर्छु भनेका कुराहरु अनि उन्ले साउनिलाई फोन गर्छिन रभएका घटनाको बारेमा रुदै सुनाउछिन |

नरोउ म तिमीलाई सहयोग गर्छु उस्ले तिमीलाई बिहे गरेको छ अनि उस्को छोरा आज उस्ले मेरो हैन भन्नै पाउदैन मेरो साथीको श्रीमान न्यायाधिस हुनुहुन्छ म उहा सँग कुरा गर्छु | चिन्ता नगर म तिमीलाई न्याए दिलाएर छोड्छु तिमी एक नारीको यो पिडा मेरो पिडा जस्तै हो त्यसैले रुन छोड | साउनिको कुरा सुनेर उनि आफुले न्याय पाउला की नपाउला भनि सोचिरहिन मलाइ मेरो निम्ति श्रीमान हैन छोराको निम्ति एक पिता चाहेको छ उस्ले सुइकार गर्ला र यस्तै सोचेर उनि आफ्नो काम तर्फ लागिन |

एक हप्ता पछी साउनिले कमल र बाटुलीलाई कोटमा बोलाउछ कमल द्वारा गाउमा बस्ने जमिन्दार र उस्को छोरा अनि बाटुलीको बुबालाई बोलाउछ सबैले आ-आफ्नो कुरा पेस गर्छ कमलले आफुले बिहे गरेको एक हप्तामा घर छोडेको र बाटुलीको सरिरमा अहिले सम्म छुदै नछोएको कुरा राख्छ | तर बाटुली भने आफ्नो छोराको निम्ति कमलकै बच्चा हो भनि जिद्दी गरिरहन्छिन सबैले कमलकै बच्चा हो भने पछी कमलले आफ्नो ओठ खोल्न बाध्य हुन्छ म शहर आए पछी मालिक र बाटुली मात्र घरमा थियो मलाइ लाग्छ यो मालिकको बच्चा हुनु पर्छ | उस्को यस्तो कुरा सुनेपछी बाटुलीको बुबाले आफ्नो कुरा राख्छ मैले मेरो छोरीको हात यो कमललाई सुम्पेको थिए  मालिकको कुरा सुनेर छोरीले सुख पाउला भनेर तर छि मेरो छोरी माथि यत्रो अन्याए कसरी गर्न सकेको यो मान्छेको नाउमा पसु हो यतिकैमा बाटुली बोल्छिन मालिक साबको केही दोष छैन उहाले मलाइ छुनु सम्म भएको छैन यो बच्चा कमलकै हो | छोरीको कुरा काटेर त धेरै नकरा नकचरी यस्को बानि मलाइ राम्रो सँग थाहा छ नत्र यस्ले तेरो बिहे भएको एक हप्तामा कमललाई किन शहर पठाउथ्यो ? गाउले सबैले भन्ने गर्थ्यो कमलको आमा सँग पनि यस्को लसपस थियो रे कतै यो कमल पनि यसकै बच्चा हुनु पर्छ | आफ्नो बुबाको बारेमा यस्तो कुरा गरेको सुनेर बुबालाई प्रश्न गर्छ तर  उ नतमस्तक हुन्छ बोलोस पनि कसरी | रमेश आफ्नो बच्चा नभई अरुकै बच्चा थियो श्रीमती कहिले आमा बन्न नसक्ने खबर सुने पछी उनीहरुले अरुकै बच्चा गोद लिएर रमेशको मामाको घरमा पालेको थियो जब रमेश ४ महिनाको भए पछी घरमा ल्याएको थियो भने कमलको आमा सँग रमेशको बुबाले माया गरेको थियो त्यसै क्रममा कमलकी आमा गर्बबती भएकी थिइन् तर कमललाई जन्म दिने बित्तिकै उन्को मृतु भएको थियो र कमललाई आफु सँगै राखेर हुर्काको थियो |

त्यस दिन केही फैसला हुन सकेन र एक हप्ता पछी फेरी उनीहरुलाइ बोलाइयो तर कमलले आफ्नो बच्चा हैन भनि नै रह्यो र बाटुलीले कमलकै हो भनि जिद्दी गरीरहीन् अब फैसला गर्न निकै गारो भएको थियो केही उपाए गर्दा पनि उनीहरु आफ्नै जिद्दीमा अडिक रह्यो अन्त्यमा डी एन एन जाच गराउने फैसला भयो सबैले हुन्छ भनि सहमति जनाए कमलले पनि सहमति जनाए तर बाटुली केही बोल्न सकिन अन्त्यमा बाटुलीले हार मानेर यो बच्चा रमेशको हो भनेर भने पछी सबै जना छक्क परे रमेशले पनि यो हुनै सक्दैन मेरो हुदै हैन भने | किन की आफ्नो बुबाको इज्जतको कुरा थियो भोली गाउलेले के भन्ने हुन् भन्ने हुन् भन्ने सोचेर रमेशले यसो भनेका थिए तर  बाटुलीको बुबाले भने रमेशको बुबा माथि आरोप माथि आरोप लगाइरह्यो कमल यस्को बच्चा हुनु पर्छयस्को जवाफ रमेशलाई चाहिएको तियो र उस्ले आफ्नो बुबालाई फेरी प्रश्न गर्यो ?यो सब के हो साचो के हो झुटो के हो मलाइ बताउनुस हैन भने तपाइले मलाइ गुमाउनु हुनेछ | छोराले जिद्दी गर्दा पनि हैन भने पछी अब कमल र रमेशको बुबाको पनि डी एन एन जाच गर्ने कुरा भयो त्यस पछी उस्ले हार खाएर सबै जिबनमा घटेका कहानी सुनाए पछी रमेश बिहोस हुन् पुग्छ केही छिनमा होसमा आए पछी आफु एक्लो भएको महसुस गर्छ कमलले पाउनु पर्ने सबै अधिकार प्रेम सम्मान पढाई देखी सबै कुरा मैले पाए तर म त उस्को छोरा नै हैन रैछ भनि उस्ले कमल सँग माफी माग्छ र आफुले बाटुलीलाई माया गरेको र बुबाको इज्जत र डरको कारणले बाटुलीलाई आफ्नो बनाउन नसकेको कुरा सुनाउछ | अन्त्यमा रमेशले सबैको अगाडी बाटुलीको साथमा भएको बच्चा मेरो हो भनि सुइकार गर्छ र बाटुली सँग माफी माग्छ कमलले बाटुलीको हात रमेशको हातमा थमाई दिन्छ र उनीहरुले नया घर फेरी बसाउछ बाटुली पनि आफुले माया गरेको मान्छेलाई जिबन साथीको रुपमा पाउदा धेरै खुशी हुन्छ बाटुलीले जिबन साथि छोराले पिता र कमलले पनि आफ्नो परिचय सँगै पिता पाउदा सबै जना खुशी हुन्छन |

शान्ति पाख्रिन तामाङ

,

0 comments

तपाइको बीचार ब्यक्त गर्नुस