बेमौषममा फूल माग्यौ,एकै थुँगा बाँकी थियो

एकै थुँगा चुम्न खोज्ने,हजारौको ताती थियो
बेमौषममा फूल माग्यौ,एकै थुँगा बाँकी थियो
दोमन भयो कस्लाई दिउँ,चढाइ दिएँ देउतालाई
फूल संगै सुम्पे जीवन, देउता संम्झी एउटालाई

चढाएको फूल माथी, अविरले राज गर्‍यो
सिउँरी दिन कति खोजेँ, फूल आँफै पर सर्‍यो
बिर्सौ अब फूलको कथा,गार्हो हुन्छ जिउनलाई
जहर बरु स्वीकारौला, आँसु होइन पिउनलाई

मन्दिरमा फूलको पनि, हेर्दा हेर्दै रङ्ग फाट्यो
अर्को फूल फुलाउ भने खडेरीमा मुलले ढाट्यो
लुगा फाटे ठीकै हुन्थ्यो, मन फाट्यो सिउनलाई
बिर्सौ अब फूलको कथा गार्हो हुन्छ जिउनलाई

एकै थुँगा चुम्न खोज्ने,हजारौको ताती थियो
बेमौषममा फूल माग्यौ,एकै थुँगा बाँकी थियो

बुद्धि मोक्तान

0 comments

तपाइको बीचार ब्यक्त गर्नुस