जोडेको त्यो साईनो तोड्यौ तिम्ले !
जोडेको त्यो साईनो तोड्यौ तिम्ले !
पराईको रातो घुम्टो ओड्यौ तिम्ले !!
सपना सारा देखाई मलाई आज !
अर्कै सँग नाता जोड्यौ तिम्ले !!
सधै हिड्ने दोबाटोमा जब देख्यौ !
अनि बाटो अन्तै मोड्यौ तिम्ले !!
बाँचा खायौ जुनीभरी संगै बस्ने !
मेरो साथ लत्यार छोड्यौ तिम्ले !!
बसन्त बहार त्यो बगैंचामा गई !
अर्कैको फुलबारी गोड्यौ तिम्ले !!
हरि सिंह माल "मुस्कान"
गोकुलेश्वर ,बैतडी हाल : दोहा कतार





0 comments
तपाइको बीचार ब्यक्त गर्नुस