घाउ लागे खाटा रहि रन्छन् नि मेरी रानी


>>>>राजा <<<<


घाउ लागे खाटा रहि रन्छन् नि मेरी रानी
चोखो माया दाग लागे भन्छन् नि मेरी रानी

बाटो अन्तै नमोड्नु है आफ्नो घर नछोड्नु है
अन्तै बास बसेको दिन गन्छन् नि मेरी रानी

लाग्छन् फाटो गराउन भिरबाट लडाउन
सत्तुरले पाए जरा खन्छन् नि मेरी रानी

आउने हुन्छ नाता जोडी जाने गर्छन् दिल तोडी
होस गर्नु त्येस्ता नजिक बन्छन् नि मेरी रानी

सन्तान थरिथरिका सबै राम्रो काँ हुन्छ र
जा राम्रो छ त्या नराम्रो छन्छन् नि मेरी रानी

>>>>>रानी <<<<<



सियो बनि आफ्नै मुटु नतुन्नु है मेरो राजा
ति अर्काको कुरा धेरै नसुन्नु है मेरो राजा

चोखो माया कोपिला छ बिन्ति गर्छु फुल्न देऊ
पिजडामा हाम्रो माया नथुन्नु है मेरो राजा

कति माया साचेको छु तिम्रै भरमा बचेकी छु
घर्की बिर्सी बिदेशको नचुन्नु है मेरो राजा

चाइदो मात्र बोल्ने गर्छु नहुने मा पछि सर्छु
संकालु त्यो कुरा मन्मा नगुन्नु है मेरो राजा

स्वदेशमा भन्दा बढी बिदेशमा मिल्छ भन्छन्
त्येतै फसि माया जाल नबुन्नु है मेरो राजा

पूर्ण ‘कान्छा’ गुरुङ
फेदिगुठ १ ओखलढुंगा
हाल: दोहा कतार
 

0 comments

तपाइको बीचार ब्यक्त गर्नुस