गजल
तिमीलाई हिराको नै, हार दिन्छु भन्दिन म।
सारा दु:ख पिडा बाट, पार दिन्छु भन्दिन म।।हाँसो खुसी लुकाएर, विरहमा बजाउन,
चुडीएको सारङ्गीको, तार दिन्छु भन्दिन म।।
छोराले याँ बोले पछी, पुर्याउनू पर्छ भन्छन्,
दुनिया मै नभएको, प्यार दिन्छु भन्दिन म।।
प्रिय बनी तिमी मेरो , मुटू छेउ बस्यौ भने,
मायाँ भन्दा अरू कुनै, संसार दिन्छु भन्दिन म।।
@रोशन खड्का- दोलखा।




0 comments
तपाइको बीचार ब्यक्त गर्नुस