गजल


अचेल त मलाई मुस्कानले रुवाउँछ
घाम बोकी आउने बिहानले रुवाउँछ

एक दुई  पटक गजल के  कोरेको थे
वाह वाह को ठूलै सम्मानले रुवाउँछ

हासखेलमै जवानी बिताउछन् अरुचाहिँ
मलाई  त  त्यहिनै  जवानले  रुवाउँछ

निद भरि सपना  सजाउन मन हुन्छ
रात भरि आफनै ओछ्यानले रुवाउँछ     

शोसकको खल्तीमा एकनास थुनिईने 
त्यो पुरानो घरको बिधानले रुवाउँछ


   पिवन कन्दङ्वा लिम्बू 
 आठराइ- छातेढुङ्गा- तेह्रथूम

0 comments

तपाइको बीचार ब्यक्त गर्नुस