मच्चियो बबाल सिंहदरबार पस्दा
मच्चियो बबाल सिंहदरबार पस्दा
बदरको बगाल सिंहदरबार पस्दा
नया नेपाल पो बनाउछु भन्दै थे
फूलेका कपाल सिंहदरबार पस्दा
जनताले धेरै रखेका थे उमीद
बालेर मशाल सिंहदरबार पस्दा
बनायौ धेरै नै तिमीले कमरेड
रगतको आहाल सिंहदरबार पस्दा
भासणमा भन्छन् सिंगापुर बन्नेछ
सबको यहि चाल सिंहदरबार पस्दा
राज कंडेल "निराश"





0 comments
तपाइको बीचार ब्यक्त गर्नुस