यी साना हाम्रा हातैले पाखाबारी खन्नेछौं
यी साना हाम्रा हातैले पाखाबारी खन्नेछौंरोपेर फूल अनेकौं लेक-बेंसी भर्नेछौं
छर्नु छ ज्योति सुनौलो हिमाल पहाड तराईमायो देश भोलि धान्नु छ परिश्रमले पढ्नेछौं
गडेका सारा कुरीति विकृतिलाई उखेल्नचेतना रोप्न समाजमा दिनरात खट्नेछौं
अशान्ति हटी शान्ति होस् हाम्रो यौटै कामनाकलिला यिनै ओठैले बुद्ध वाणी जप्नेछौं
सगरमाथा शिरैमा चन्द्र-सूर्य फर्फराईराष्ट्रिय गीत गुञ्जाउदै हाँस्दै नाँच्दै रम्नेछौं.
टिका खड्का(राष्ट्रप्रेमी)मधुमल्ला-४मोरंग ,





0 comments
तपाइको बीचार ब्यक्त गर्नुस