कस्तो खाले माया तिम्रो सपनिमा देख्छु भन्छौ

यो मुटुको धड्कनमा तिम्रो नाम लेख्छु भन्छौ !!
कसरि पो पत्याउँनु चिप्ला चिल्पा कुरा तिम्रा
तिम्लाई पोल्ने सुर्यलाई हत्केलाले छेक्छु भन्छौ !!
गर्छौ खालि नहुने र नपत्याउने कुरा मात्र
खुशी हुन्छौ तिमि भने भुंग्रोमा नी टेक्छु भन्छौ !!
पिरतीका कुरा गर्छौ मेरो मुटु दु:खाएर
जहाँ जहाँ दुख्छौ तिमी मायाले नै सेक्छु भन्छौ !!
जाँड बिना चल्दैन थ्यो जिबिका नै तिम्रो कैले
नसक्ने ति तिम्रा बाँनी आजै बाट फेक्छु भन्छौ !!
साबित्रा लुइँटेल घिमिरे
झापा बिर्तामोड

0 comments
तपाइको बीचार ब्यक्त गर्नुस