हे बीर सपुत हो किन झुक्दैछौ आज तिमी।
हे बीर सपुत हो किन झुक्दैछौ आज तिमी।
संघर्ष नै गर्नु छ किन लुक्दैछौ आज तिमी।।
सिमाना पारी बाट ताली र गाली दुवै बज्दा।
निस्वार्थको कुन बिगुल फुक्दैछौ आज तिमी।।
शासक र सामन्तीले मातृभूमी टेकी सक्दा ।
आखण्डको कुन बाटोमा ढुक्दैछौ आज तिमी।।
लेख्दै छौ रे बीर गाथा देश नयाँ बन्छ भन्दै ।
पुराना ति इतिहास नै थुक्दैछौ आज तिमी ।।
शहर र गाउँ गाउँमा हुने छ त्यो नौलो कृति ।
बिकास र निकास भन्दै भुक्दैछौ आज तिमी।।
हिमचुली छ शिर माथी पहाड बोक्ने छाती ।
सेती खोला बगर सरी सुक्दैछौ आज तिमी ।।
अतित लिङ्देन ( सुब्बा )
झापा





0 comments
तपाइको बीचार ब्यक्त गर्नुस