संसार नै उराठ उजाड लाग्छ कहिँ बाट झिनो खुसिको आशा राख्यो त्यो खुसी पाउन हजारौ
कथा जिउदो लास संसार नै उराठ उजाड लाग्छ कहिँ बाट झिनो खुसिको आशा राख्यो त्यो खुसी पाउन हजारौ चोट खानु पर्ने मुटु भरी चोट बोकेर त्यही खुसीमा रमाउन खोज्छु कही बाट आंदी हुरी आएर उडाएर लैजान्छ फेरी पनि तिनै चोट लागेको मुटुलाइ अन्यक कुराले सम्झाउछु र मलम पट्टि गर्छु बिस्तारै चोटमा खाटो बस्न थाल्छ र असय ब्यदनाहरु भुल्न अनेकौ प्रयास गर्छु | तिनै ब्यदना भुल्दा नाभुल्दै फेरी अर्को बज्रपात आइपर्छ बल्ल बल्ल खाटो बसेको घाउ एकै झड्कामा रगताम्मे हुन पुग्छ अनि - अनि असय बेदनाहरुले गर्दा बाचेर पनि मरे तुल्य भएर बाच्नु सिबाय केही गर्ने हिम्मत हुदैन केवल अरुले बोलेको सुन्यो हेर्यो अनि इनै दूई नयन बाट साउनको भेल सरी आँसुका मुलहरु फुटाउदै बस्न सिबाय | जिबन अमुल्य हुन्छ भन्नेहरुको कुरा मेरो लागी त्यसको बिपरित हुन पुग्यो मेरो लागी जिबन अर्थहीन र मुल्यहिन रहेछ भन्ने बुझे मैले जिबन प्रेम हो, जिबन खुसी हो यस्तै यस्तै धेरै परिभाषाहरु सुने पनि मेरो लागी जिबन अब केवल एक मरेको लास भएको छ |
चरीको चिरबिर चिरबिर आवाजले मिठो गीत गाउदै थियो कमिला र साना -साना किराहरु पनि जिबन गुजारा गर्न खानाहरु ओसारपसार गर्दै थियो , आफ्नो रंगिन पखेटा फिजाई पुतली र गाइनेकिरा पनि आफ्नै तालमा यता उता गरी उड्दै थियो , हरिया हरिया रुखका बुट्टाहरुका पातहरु पनि हावाको झोका सँगै हल्लिदै रम्दै नाच्दै थियो भने वरिपरी राता सेता पहेला रंगीचंगी फूलहरु खुलेर हास्दै थियो सबै यति धेरै खुसी थिए तर आदास भने धेरै दु:खि थियो अनि म उन्कै छेउमा बसेर सबैलाइ नियाल्दै थिए साथमा आदासका कुराहरुलाइ पनि एक टक्क लाएर निकै ध्यान पुर्बक उन्को कुरा सुनिरहे उन्ले पनि आफ्नो जिबनमा भोगेका तिता मिठा पलहरु ब्यली बिस्तार लाएर सुनाउदै थियो |
१९५० तिरको कुरा हो जब म मेरो परिवार सँग हासी खुसी मरुकोमा बसिरहेको थिए त्यो देशमा सबै अरबीहरु थिए भने सयमा २ प्रतिसत मात्र यहुदी धर्म मान्नेहरु बस्थे त्यहि मध्य मेरो परिवार पनि पर्थ्यो त्यो ब्यला मेरो उमेर १३ बर्ष पुगेको थियो तर मलाई हेर्दा भने म १५ बर्ष जतिको देखिन्थ्यो | हेर्दा अरु भन्दा राम्री र धेरै लजालु पन थियो ममा | घरमा मलाई माग्न भनी एक यहुदी परिवार बाट आएको रहेछ उन्को नाम सिमोन थियो हाम्रो कुरा छिनो फानो भइ सकेको मात्र के थियो यौटा दाजु स्याँ स्याँ गर्दै हाम्रै घर तर्फ आउदै थियो र कराउदै पनि थियो भाग भाग गाउमा पुरै आगो लागिसक्यो |
गाउमा आगो अरबी सैनिकहरुले लगाएको रहेछ किन भने उनीहरुले यहुदीहरुलाई मन पराउदैन थियो उनीहरुलाई यो डर थियो की पछी यहुदीहरुले नै त्यो देशमा राज गर्ने छ त्यसैले सबै यहुदीहरुलाई मार्ने आदेश सैनिकहरूलाई दीएको रहेछ | गाउमा आगो लागेको खबर सुन्ने बित्तिकै हामी त्यहाबाट बाहिर निस्कियौ र भाग्न थाल्यौ बाबा एकातिर अनि मलाई माग्न आउने परिवार एकातिर भने आमाले मलाई हातमा समाएर अर्को तिर भाग्यौ | त्यो सैनिकहरुले हामीलाई भेट्टायो भने एकै चिहान बनाउथ्यो त्यसैले हामी छुट्टा छुट्टै भाग्यौ र एक ले अर्कोलाई जानकारी दिदै गर्नेछौ भनी बाचा सहित एसरी बाबा एक तिर भने हामी अर्को तिर | केही छिनमा त्यो ठाउ सुनसान भए जस्तै लागेर आमा मलाई मकै घारीमा लुकाएर बाबालाई खोज्न जानु भयो |
आमाले बाबालाई भेट्टाउनु त भएको रहेछ तर मृत सरिर फेरी म भएको ठाउमा नै आउनु भयो म धेरै थाकेको थिए अब भाग्ने म मा कुनै साहस नै थिएन मेरो खुट्टामा चोट लागेको थियो | सैनिकको आवाज फेरी हाम्रो कानमा गुन्जियो लाग्थ्यो हाम्रो नजिकै थियो | हामी त्यहा बाट पनि भाग्नु पर्ने थियो म भाग्न सक्दिन थिए अनि आमालाई भाग्नु भने तर आमाले मलाई छोडेर जान चाहनु भएन मेरी आमा दूई जिउकी थिइन् आमालाई तिनै पेटको बच्चाको कसम दिएर भाग्न बाध्य बनाए मैले केही छिनमा सैनिकहरु म भएको ठाउमा आइपुग्यो र मलाई पिट्न थाल्यो म रगताम्य भए मैले धेरै बिन्ति बिसाय कृपया मलाई छाडी दिनुस् भनी| सैनिकलाई मेरो माया लागेछ क्यारे अनि मलाई त अरबी होस् भने म तलाई छोडी दिन्छु तर मैले झुट बोल्न सकिन त्यसैले तिनीहरुले मलाई डोरीले बाधेर घिसार्दै लगे | मेरी आमा मरिन या बाचिन थाहा नै भएन मात्र प्राथना गर्दै बसे तर तिनीहरुले मलाई पिटि नै रहे अन्तिममा ठुलो ठुलो फलामले घेरेको कोठा भित्र थुनिदियो त्यहा अरु पनि थुप्रै यहुदीहरु थुनिएको रहेछ |
तर मेरी आमालाई मैले देखिन २ महिना जति भए पछी हामीलाई कैद गरेर राखेको ठाउमा एउटा हल्ला सुने कैदीले जेल भित्र बच्चा पायो भनी मैले मेरी आमालाई सम्झे नभन्दै अर्को कोठामा मेरी आमा पनि रहेछिन् म धन्य भगवान भनी धन्यवाद दिए मैले मेरी आमालाई त्यो कैद बाट मुक्ति दिलाउनु थियो धेरै सोचे अनि सबै सैनिक सुतेको ब्यलामा आमा सँग सल्ला गरे अनि आमालाई भगाउने प्रयाश गरे आमालाई पेट दुखेको जस्तो गर्नु चिच्चाउनु कराउनु भने नभन्दै त्यस्तै गर्नु भयो अनि सैनिकलाइ पनि सबैले भने पछी त्यतैको मेडिकलमा जाने अनुमति दियो आमा सानी बहिनिलाई लिएर बाहीर निस्कियो अनि केही सैनिकको आँखा छलेर आमालाई लिएर भागे र यौटा ठुलो जहाज भित्र पस्यौ हामी त्यो जहाज इजरायलको नारियामा आएर रोकियो आमा र बहिनीलाई लिएर त्यही निस्कियौ अनि बालुवामा सुत्ने बस्ने गर्न थाल्यौ आमाले दिनभरी इजरायको गाउमा गइ केही खाना लिएर आउनु हुन्थ्यो त्यहि खान्थ्यौ अनि सुत्थ्यौ |
यस्तै दिनहरु बित्दै गयो केही बर्ष पस्चात मेरो बिबाह एक यहुदी परिवारमा भयो म दूई ज्युकी भएँ मेरो छोरा जन्मियो मेरी बहिनि ठुली भइ हास्ने खेल्ने उमेरमा उनी प्यारालाइसेस बन्न पुग्यो र बहिनीको मिर्तु भयो यो सबै बियोग सहन नसकेकी मेरी बुडी आमा पनि मलाई एक्लई छाडेर सदाको लागी बिदा हुनु भयो | मेरो सन्तान १ छोरी र २ छोरा भएको थियो त्यही बच्चाको पेट पाल्न मैले अरुको फाटेको लुगा सिलाएर बस्न थाले भने उहा बिजुलीको काम गर्नु हुन्थ्यो एकदिन ओछ्यानमा सुतेकै अबस्थामा उहाले पनि मलाई छोडेर जानु भयो म २६ बर्षमा नै बिदुवा बन्न पुगे छोरा छोरी सानै थियो उनीहरुलाई हुर्काए बढाए अनि सबै आफ्नो घर गरेर खाने भएपछी आफ्नो आफ्नो बाटो लागे अहीले म बुडिको पनि खुट्टाहरु र हातहरु बसिसकेको छ केही गर्न पनि सक्दिन मात्र मेरा इनै आँखा र कानहरु बाकि रहे सधै भरी आँसुको नुनिलो पानि पिउदै बाच्दै छु त्यसैले त जिबन मेरो निम्ति अर्थ हिन बनेको छ अनि म एक्लो यात्रामा पल पल मर्दै छु शान्ति केवल जिउदो लाश बनेर |
यति कुरा सुनेपछी मैले पनि बिचमा कुरा काटेर भने त्यो रुखलाई हेर्नुस त कति आनन्दले नाचिरहेको छ झुमिरहेको छ बिचरा त्यो रुखले पनि त कति आफ्ना अङ्गहरु गुमाएको छ हामी त्यो रुखको पात झरेको मात्रै देख्छौ हाँगा सुकेको मात्रै देख्छौ तर कति पिडा भएको होला त्यो रुखलाई दिन दिनै सयौ पातहरु झर्छन् कति हाँगाहरु सुक्छन् तर पनि त्यो रुख सबै पिडा भुलेर खुसीले झुम्दै छ अर्को कुरा यहिँ नजिकै हेर्नु त कति धेरै फुलहरु फुलिरहेको छ हो त्यो फुललाइ पनि कतिले कोपिलामा नै चुडेर लग्छन् कति भामराहरुले आएर चुसिरहेको हुन्छ र पनि हासिरहेको छ सबैलाई मिठो बास्ना छर्दै आखिर त्यो फुलले पनि त कति चोट खानु परेको छ असिना होस् या हुरी बतास ठुलो पानि परेर फुललाई चुट्यो भने पनि बिहानी घामको किरण सँगै उस्ले फेरी फुल्ने प्रयास गरेको हुन्छ सबैलाई बास्ना छरेकै हुन्छ त्यसैले तिम्ले पनि हिम्मत नहार्नु सबै ठिक हुन्छ भनी सान्तोना दिए र दुबई जना त्यहा बाट उठेर घर तर्फ लाग्यौ ....

शान्ति पाख्रिन
नुवाकोट महाल इज्रायल
2 comments
तपाइको बीचार ब्यक्त गर्नुस

April 14, 2013 at 6:25 PM
'सैनिकको आवाज फेरी हाम्रो कानमा गुन्जियो लाग्थ्यो हाम्रो नजिकै थियो | हामी त्यहा बाट पनि भाग्नु पर्ने थियो म भाग्न सक्दिन थिए अनि आमालाई भाग्नु भने तर आमाले मलाई छोडेर जान चाहनु भएन मेरी आमा दूई जिउकी थिइन् आमालाई तिनै पेटको बच्चाको कसम दिएर भाग्न बाध्य बनाए' beautiful...
शान्तिजी, तपाईँका कथामा कथा बलियो भए पनि संवाद, पृष्ठभूमि आदिको कमीका कारण हुनुपर्ने जति बलशाली हुन सकेको छैन । संवादात्मकता तथा पृष्ठभूमि थप्नुभो भने यी कथा अत्यन्त बलशाली बन्ने छन् भन्ने मलाई लाग्छ । शुभकामना ।
April 27, 2013 at 12:01 PM
hardik dhanyawad dinesh ji ,, yo mero rahar thiyo katha lekhne tysaile lekhne pryash ho tara mero bidha gajalma cha , katha kasari lekhne ta bhanne baare ajhai pani ramro gyaan hasil garn sakeko chain sake samma ramro lekhne prayas garne chu dhanyawad ageion