कुनै गाउँमा एउटा केटा थियो

अदृश्य ज्ञान 

कुनै गाउँमा एउटा केटा थियो उ पढ्न लेख्नमा ज्यादै सोखी थियो । बाबु जमिन्दार भएकोले शहरको महँगो स्कुलमा पढ्ने मौका पाएको थियो , उसले थुप्रै किताबहरु संकलन गरेको थियो र पढ्ने गर्थ्यो । यो कुरा जसलाई भेटे पनि सुनाउथ्यो । आफु ज्ञानी भएकोमा खुब घमण्ड गर्थ्यो येस्तैमा एकदिन छिमेकमा एउटाले बतायो ---तिम्रो अध्यन अधुरो छ , नजिकै छिमेकी गाउमा एकजन...ा बिद्द्वन स्वामी आएका छन उ
नि संग बाट ज्ञान लिए पछि मात्र तिमि पूर्ण हुँने छौ येस्तो कुरा सुझाब पाए पछि त्यो केटो हत्तपत्त हात भरी कोसेली बोकेर पल्लो गाउमा पुग्यो । 



त्यहाँ विद्वानलाइ भेट्यो र आफु अझै सिक्न उत्सुक रहेको सबैकुरा सुनायो यो कुरा सुनेपछि स्वामीले त्यो केटालाई सम्झाउदै भने “ हेर तिमीसंग ज्ञानको अपार भण्डार छ तेसको सहि सदुपयोग गर अहिलेलाई अरु सिक्न जरुरि छैन “ भने पछि केटो सारै दुखि भयो । उ यसरी दुखि भएको देखेर स्वामीले थुप्रै किताबहरु दिएर पठाए । 



केटो हातभरी किताब बोकेर खुसि हुदै घर आउदै थियो बाटो सुनसान अलिकति जंगल अनि नदिमा पुल तरेर जानु पर्थ्यो नदि तर्दै गर्दा हातमा भएका जम्मै किताब जति पानीमा झर्यो पानीमा पसेर झिक्न निकै कोसिस गर्यो तर झिक्न त के पत्तै लाउन सकेन बाहिर निस्केर बेस्कन रुयो एक्लै नदीको किनारमा रुदै गरेको देखेर चराहरुले सोधे---- उसले सबै बेलिबिस्तार लायो र उनीहरुलाई सोध्यो “के तिमीहरुले मेरो किताब देख्यौ ?” 



चराले खोला तिर देखाएर सोधे ---“के तिमीले यि पानीमा बस्ने गोही ,माछा भ्यागुता यिनीहरुको जिबन पढेको छौ ?” यिनलाइ सोध न सायद मद्दत गर्नेछन उसले माछा ,भ्यागुता गोहीलाई सहयोगको लागि अनुरोध गर्यो उनीहरुले पनि चरा तिर देखाउदै सोध्यो “ के तिमीले यि चरा हरुको जीबन पढेका छौ ? यिनीहरुलाई पढन किताब हराएकोमा किन दुखि हुन्छौँ अब त्यो किताब भेटिए पनि सबै काम नलाग्ने भइसके जाऊ गएर नया किताब किन र पढ “ यो सुनेर दुखि हुदै फेरी स्वामी कहाँ पुग्यो र सबै घटनाको वृतान्त सुनायो यो सब कुरा सुने पछि स्वामीले भने एउटा कुरा भनुं तिमिलाइ ------- “तिमि सचिकै पागल भइसक्यौं” यो सुनेर केटा सारै रिसायो स्वामीले हास्दै भने किन थाहा छ ? तिमि यो दुनियामा सबै भन्दा बुद्दिमान छौ भने यो कुरा कसैसंग नभन्नु र नदेखाउनु पनि यदि येसो गर्यौ भने मान्छेहरुले तिमीलाई पागल घोसित गरिदिनेछन ।




 हेरत चारै तिर ज्ञानको भण्डार छ यदि चाहन्छौ भने तिमि जे बाट पनि ज्ञान लिन सक्छौ ज्ञान लिनलाई किताब नै पढ्नु पर्छ भन्ने छैन र यसको सिमा पनि हुदैन तिमि जति जान्न खोज्छौ उतिनै अज्ञानि भएको महसुस हुनेछ । यसकारण जे पाउछौ त्यहि बाट सिक्दै जाऊ ज्ञान बढाउदै जाऊ यदि झुटो प्रदर्सन गर्न खोज्यौ भने यो समाजले तिमीलाई पागल भन्ने छन ।
(टागमा सबैलाई समेट्न सकिन कथा पढेर प्रतिक्रिया दिन सक्नुहुनेछ)

लिला रिजाल

0 comments

तपाइको बीचार ब्यक्त गर्नुस