चाहना मर्दैन

चाहना मर्दैन”
सगरमाथा सरी मनका चाहना हरु लाइ
चाहना कै धागो ले उनेर
प्रेम को छहारीको आसमा
निर्ब्रस्त्र बनाई ति चाहना लाई्‌
मरभुमिको राप युक्त बालुवामा छाडि
जलाउन नखोज यि चाहानाहरु लाई
यो जल्ने चाहाना हैन
किनकि
मरभुमि मा पनि क्याक्टस् त फुलेकै छन् नि..

जिन्दगिको गहिरो तलाऊमा
अथाह हाँसो र आँसु मुछेर
दलदल पैदा गरि
यि चाहना हरु लाइ भास्न नखोज
कोमल मनको फाईदा उठाई
यि चाहना हरु लाइ मास्न नखोज
यो मासिने अनि भासिने चाहना हैन
किनकि
हिलोमा पनि कमल त फुलेकै छन् नि....

भगवान बिष्णु ले झै झेल गरि
मधु-कैट्य लाइ झै मार्न सक्दैनौ 
अत: चाहना कै बॄक्ष खोजेर

चाहना कै झिनो डोरि ले पासो लगाइ
यि चाहना हरु लाइ गला घुट्ने
कदापी सपना नदेख
यो बृक्षमा झुन्ड्याउँदैमा मर्ने चाहना हैन
किनकि
बृक्षमा पनि सुनखरी त फुलेकै छन् नि..

मरभुमिमा पनि फुल्ने
दलदल हिलो मा पनि फुल्ने
अनि बृक्षमा पनि फुल्ने
सागरमा बगाए तैरिदै किनारा लाग्ने
सुन हे मानवका खोल ओढेका दानब हरु
यो देश प्रेमको चाहना हो
सच्चा अनि निश्चल मायाको चाहना हो
इज्जत अनि स्वाभिमानको चाहना हो
अथाह काँडा अनि काल सँग पनि
शान्तिको बिगुल फुक्न
कहिल्यै नडर्ने
कहिल्यै नमर्ने……..
यो सच्चा नेपालिको चाहना हो……

-कुमार यात्री
kumaryatri@gmail.com

1 comments

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक

तपाइको बीचार ब्यक्त गर्नुस