तिम्ले साथ छोडेर धेरै राम्रो गर्यौ


तिम्ले साथ छोडेर धेरै राम्रो गर्यौ  
बाटो अन्तै मोडेर धेरै राम्रो गर्यौ 

मेरो मन्को बगान बिच काँडा रोपी 
अन्तै फूल गोडेर धेरै राम्रो गर्यौ 

देखावटी सम्बन्ध मात्र थियो हाम्रो
अन्तै नाता जोडेर धेरै राम्रो गर्यौ 

आफ्नो इच्क्षा मारेर मर्दै बाच्नु भन्दा 
झुटो नाता तोडेर धेरै राम्रो गर्यौ 

तिम्रो मेरो मिलन हुने छैन अब 
ऐना सरी फोडेर धेरै राम्रो गर्यौ 
शान्ति पाख्रिन 
त्रिसुली ८ नुवाकोट 

0 comments

तपाइको बीचार ब्यक्त गर्नुस