यमराजको चिठी

लघु कथा ,यमराजको चिठी 

एकजना व्यक्ति मृत्यु पस्चात यमराज कहाँ पुर्याईएछ । उसलाई देख्ने बित्तिकै यमराज आफ्ना दुतहरु संग चौपट्टै रिसाएछन अनि हैरान हुदै भनेछन “ यो मान्छेको अझै मिती पुगेकै छैन तिमीहरुले अहिल्यै किन लिएर आयौ ? एउटा भन्यो अर्कै मान्छेलाई लिएर आउछन ..... अब जहाँ बाट ल्याएको थियो उसैगरी त्यहीं लगेर छाडेर आवो “ अब त्यो व्यक्तिलाई धर्तीमा लैजाने तयारी हुदै थियो त्यो कुरा थाहा 
भए पछि त्यो व्यक्ति यमराज संग खुब रिसायो । बिनाकारण ल्याएर दुख दिएको भनेर निकै रोस प्रकट गर्दै उसले भन्यो “ फेरी देखि मलाई लिन जानु भन्दा पहिले जानकारी पठाई दिनु यदि मौखिक जानकारी दिन नसके पनि कमसेकम एउटा चिठी सम्म भए पनि पठाई दिनु पर्छ ता कि मर्नु भन्दा अगाडी मानसिक रुपमा तयार हुन चाहन्छु । नत्र म आउदीन कम से कम केहि दिन अगाडी पूर्व तयारी गर्न त पाउनु पर्छ “ यमराजले हुन्छ भ
नेर सर्त मान्ने स्वीकृति पछि उनीलाई धर्तीमा ल्याएर छाडिदिए ।

समय कति छिटो बितेछ पत्तै भएन केहि वर्ष भित्रैमा त्यो मान्छेको मृत्यु भयो , त्यसपछि यमराज कहाँ लगियो । यमराज कहाँ पुगे पछि बेस्कन झोंकिदै भन्यो “ खै तिमीले सर्त पुरा गरेको ? एउटा मात्रै चिठी भए नि पठाउछु भन्थ्यौ त खै ? खुब झगडा पनि गर्यो ---त्यसपछि यमराजले भने “ एउटा मात्र हो र तिन तिन वोटा चिठी पठाएको थिएँ । “
“कहिले पठायौ र ?”
“पहिलो चिठी थियो कपाल सेतो हुन थाल्यो त्यसलाई तिमीले बिचारै नगरी हेरेर कालो पार्न थाल्यौ । ”
“दोस्रो चिठीमा तिम्रा आखा कम्जोर भए तिमीले वास्तै नगरी चस्मा किन्न दगुर्यौ । “
“तेस्रो चिठीमा दाँत थियो अलि अलि गरेर जम्मै झरिरहेको थियो त्यो बेला तिमी नक्कली दात किनेर लगाएर भोजनको तयारीमा जुट्यौ । ”
यमराजको तीन चिठीको बारेमा उ संग कुनै जबाफ थिएन सायद हामी कसै संग पनि छैन होला .....
समाप्त


लिला रिजाल 

1 comments

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक

तपाइको बीचार ब्यक्त गर्नुस