पर्देश बाट ऐ मेरो हजुर चाडै घर फर्किनु


पर्देश बाट ऐ मेरो हजुर चाडै घर फर्किनु
लाला र बाला स्याहार्दै मैले कतिन्जेल पर्खिनु

मेला र पात घास र दाउरा गर्दैछु साझ बिहान्
आँशुको धारा बगाई दु:ख हर्दैछु ऐक्लो ज्यान
बालबच्चा छोडी मायाँलाइ तोडी सकिन तर्किनु
ँँपर्देश बाट ऐ मेरो हजुर चाडै घर फर्किनु!!

दशै र तिहार ल्होछार र क्रीष्मस घरैमा मनाउला
ँंदुखलाइ झेल्दै शुखको संसार गाउमै बनाउला
ँँंपर्दैन धन स"कुशल ज्यान लियेर फर्किनु
लाला र बाला स्याहार्दै मैले कतिन्जेल पर्खिनु!!

ँँँबर्त तिर्थ दक्षिणकाली भाकल गरेकी छु
ँँँंचाडै आउनु हुन्छ भनी भर परेकी छु
ँंपर्देश बाट ऐ मेरो हजुर चाडै घर फर्किनु
लाला र बाला स्याहार्दै मैले कतिन्जेल पर्खिनु!!

मिलन मोक्तान्
मधुमल्ला मोरङ
 

0 comments

तपाइको बीचार ब्यक्त गर्नुस