निस्वार्थ त्याग (कथा) - लिला सुवेदी, इजरायल
एका बिहानै उठेर अब फेरी गाउँ चाहार्ने बेला भो हैन तेरो ? यसो घरमा बसे र केही सघाए पनि त् हुन्थ्यो नि ।
खै के भन्नु र् यस्ता सँग यसो आफै जानेर देखेर काम गरे नि त हुने नि सानो भए पो कति अराउनु ? --- भगीराजकी आमाले गन गन गर्दै थिइन ।
"भर्खर गाई बस्तु पाखा लाएँ अब के गर्नु पर्यो सबै काम सकें त् हौ कति कराएको" यती भनेर भागीराज उम्कन खोज्दै थियो I
हुन त् भगीराजलाई उसकी आमाले ७ बर्षको छँदै काखमा च्यापेर ल्याएकी हुन रे । पाहिले उनिहरु आसाम तिर बस्थे उताबाट खेदिए पछि नहरको छेउमा अलिकती पैसा तिरेर सस्तोमा जग्गा किनेर बसेका हुन रे । निकै बिरामी परेर बाँचेकोले गर्दा होला आजसम्म भगीराजलाई कहिल्यै नराम्रो सँगले हकारेकी पनि छैनन् ।
बिहानै उठेर लखर लखर गाउँ नघुमी भगीराजलाई पटक्कै चित्त बुझ्दैन । कहिले वल्ला गाउँ त् कहिले पल्लो गाउँ गाउँभरि यताको कुरा उता उताको कुरा यता पुर्याउने भएर होला कसै कसैले त् उसलाई बि बी सी पनि भन्ने गर्थे । जता गयो उतै काम सघाउने भएकोले सबैको प्यारो पनि थियो उ । उ एकदिन मात्रै आएन भने सुन्य मान्थे गाउँलेहरु । हेर्दा साह्रै दुब्लो, पातलो अनि सानो मुख, फुर्तिलो यता उती गरिरहने भएकोले होला उसलाई जिस्क्याएर भंगेरा पनि भन्ने गर्थे । यसो भन्दा उ खेदाउथ्यो पर सम्म, साना केटाकेटी देखि ठुलासम्म सबै उसैलाई जिस्क्याउथे तर उ कहिले रिसाउदैन थियो । एकछिन खेदाएजसो गरे पनि फेरी उ सधैं झै उस्तै । हुन त उसलाई बाबु आमाले बनी बुतो गरेर भए पनि स्कुल पढाएकै थिए जसो तसो ठेल ठाल् गरेर १० कक्षा त पास गर्यो एस.एल.सीमा भने गुल्टिएपछि कहिले पनि पास गर्न सकेन ४ पटक सम्म त् दियो त्यस पछि दिन पनि छाडिसक्यो । पढ्न नजान्ने पनि कहाँ हो र सरहरुले भन्ने गर्थे एउटा प्रश्नको उत्तर नै २ घण्टा सम्म लेखिरहन्छ । फेरी निकै राम्रो नि लेख्छ तर कती गर्दा उत्तर टुङ्याउन सक्दैन् ।
सधैं झै त्यो दिन पनि आमा उसलाई कराउदै थिइन घरको सानो तिनो काम सक्काएर उ सधैं झै उम्कन खोज्दै थियो, हुन त उसलाई घरको अवस्था बारे चिन्ता नभएको कहाँ हो र्, हलो जोत्न, भारी काम गर्न सक्दैन थियो साह्रै दुब्लो पातलो भएर पनि होला कसैले पत्याउदैन थिए । सानो तिनो जागिर कतै पाईन्छ कि भनेर के सम्म गरेन उसले । जुन पार्टीको कार्यक्रम भए पनि कहिले पोस्टर टास्ने त् कहिले माइक बोक्ने काम सम्म सघाउथ्यो भगीराजले । यस्ता उस्ता काममा त उ साह्रै खप्पिस थियो । हुन पनि जो पनि उसलाई खोज्दै आँफै आइपुग्थे तर सबै आ-आफ्नो स्वार्थ पुरा गरे पछि" कौन पुछेगा खेसरिका दाल" सानो तिनो भए नि जागिर खोज्दै कहाँ सम्म धiएन र् ति खाली आश्वासानमा सिमित रहे । अचेल उ आँफैलाई केही गर्न नसक्ने बेकम्मा सम्झन थालेको थियो I आमाले निकै कर कर गर्थिन बिहे गर्ने कुरामा । तर उसले मन पराएकी केटीले त् उसका कुरा हावामै उडाएर अपमान गरी यसकारण उसले अब के बुझ्न थालेको थियो भने जसो तसो गरेर जागिर खाने अनि मात्र बिहे गर्ने कल्पना गर्थ्यो । आफ्नो पहिलो कमाइले किनेर भाई बहिनिलाई राम्रा लुगा, अनि अपाङ्ग बाबुलाई खुशी पार्ने आमालाई थपक्क हातमा पैसा राखिदिन पाए ... । तर उसका सपना सपनामै सिमित थिए झिनो आशा भने अझै मारेको थिएन I
त्यो दिन पल्लो गाउँ तिर गएको त घर फर्कन निकै ढिला भएछ क्यार् । चकमन्न रात, बहिर झि झिम पानी परिरहेको थियो । आज बिहानै देखि पनीले निहु खोजे झै गरिरहेको थियो । घरी दर्किने, घरी घाम लाग्ने गर्दै थियो । फेरि पनि पानी पर्ने संकेत् हो क्यार पर खेत तिर भ्यगुताहरु ट्वार ट्वार गरेर कराइरहेका थिए I उ हिंडेको बाटोमा झ्याउँकिरी बाहेक कोही थिएनन् । बाटो सुन्सान अधेरी रात नहरको बाटो घर जानु पर्ने । घरी बिजुली चम्केर कानै छेड्ने गरी गड्याङ गुड्उङ गर्थ्यो भने घरी मान्छे उडाउने गरी हुरी बतास चल्थ्यो I किन किन अiज उसलाई कतै अनिस्टको संकेत पो हो कि भनेर मनमा चिसो पस्यो । उसँग ओड्ने छाता घुम केही पनि थिएन । निथ्रुक्कै भिजिसकेको थियो । अर्कोतिर आमाको गालीको चिन्ताले सताइरहेको थियो नै त्यो भन्दा पनि अजिब संगले उसको मन डराउन थाल्यो मुटु काप्न थाल्यो एत्तिकैमा छेउ तिर नहरमा आँखा लगायो बाध त् भत्काउन पो लागेको रहेछ । बेलैमा थुन छेक गर्न सके त् सिङो गाउँ डुबाउनबाट बच्थ्यो । वर पर सम्म कसैले सुन्छन कि भनेर निकै बेर चिच्यायो । कसैले पनि सुनेनन यसै छाडेर पनि उसको मनले मानेन । यसरी नै पानी ले काट्दै गयो भने राती सम्म त् ---- सम्झेर ल्यायो ... भाई बहिनी गाउँघर गाई गोठ उ यो सब बगाएर लग्यो भने .... परिवार छिमेक .....सोंच्नै सक्तैन अहँ उ सहन् सक्दैन बरु केही उपाय खोजी गर्यो । छेउमा भएका ढुङ्गाहरु बोकेर ल्यायो बाध थुन्यो । सके सम्म छेउ छाउ बाट झिक्रा सेउलाहरु बोकेर ल्याइ बाध थुन्यो । अझै उसलाई चित्त बुझेन छाडेर पनि जान सकेन छेउ छाउ मा कसैले बोलाँउदा सुनेनन् रातभरी रूघेर बस्यो बिहान सम्म त अरु पनि आउछन अनि राम्ररी थुने पछि जाउला भन्ठान्यो र त्यही बस्यो ।
दिनभरी घुमे पनि सधैं घर आउने भगिराज भोलिपल्ट बिहान् सम्म पनि घर नआएकोले आमा खोज्दै गाउ तिर गाइन् कतै नभेटे पछि हैरान हुँदै घर तिर फर्किन । रातभरी पानी परेर अलिकती उघ्रेको देखे पछि कतै यो पानीले केही बिगार त गरेन भनेर गाउलेहरुको मनमा चिन्ता छाएको थियो र खोजी गर्दै थिए । सबैको डर त्यतै बंiध तिर थियो अनि नहर तिर लागे । बाधमा केही ढुङ्गा अनि केही झिक्रा देखेर छक्क परेर कसले यसरी पानी रोक्यो होला भन्दै नजिकै गएर हेरे । त्यहाँ पानीको बहाब रोक्ने त अरु नभै भगिराज् को मृत शरीर पो बँiधमा तेर्सिएर बसेको थियो । एउटा सिंगै गाउँ बगाउन बाट रोकिरहेको थियो । त्यो दृष्य देखेर गाउँलेहरु खुसि थिए भने अत्यन्त मार्महित पनि बन्दै गइरहेका थिए । गाउँ पुरै सान्नटाले छाएको थियो । कहिल्यै नफर्किने गरेर सबैको प्यारो भागीराज गाउँलाई चटक्कै छाडेर गैइसकेको थियो । गहभरी आँसु लिएर उसको मृत शरीर पाख लगाउदै थिए । यतिखेर आकाश नै फुट्ला झै गरी गड्याङ गूड्उङ गर्दै झम झम पानी पारेर मानौ उसको मृत्यु सँग प्रकृती पनि रोइरहेको थिइन । नहरको पानी आफ्नै गतिले बगिरहेको थियो ।........





0 comments
तपाइको बीचार ब्यक्त गर्नुस