ढुङ्गालाई पगाल्छु म पानी बनाउँछु


महेन्द्र प्रसाद पोखरेल
ढुङ्गालाई पगाल्छु म पानी बनाउँछु

बैगुनीलाई यो दिलको रानी बनाउँछु



छुच्ची छिन रे सबैलाई खै के के भन्ने
काली भन्छु फकाउँछु ज्ञ्यानी बनाउँछु



निर्मोही झैँ सधै उन्ले गर्ने उल्टा कुरा
अब उन्लाई मायाँको म खानी बनाउँछु



नक्कल पार्दै आँखा मिर्काई कता कता घुम्दा
म भन्दा केहि नदेख्ने उनको बानी बनाउँछु

सँधै ठुला कुरा गर्छिन केहि नसुन्दै उनी
काखमा राख्छु मायाँ गर्छु सानी बनाउँछु

,

0 comments

तपाइको बीचार ब्यक्त गर्नुस