समयको सिमाना तोड्छु भन्छ यो मन
समयको सिमाना तोड्छु भन्छ यो मन
यो धर्तिमा अलग्गै अनुहार भएर
के जवाफ दिउला म बुढि आमालाई
न गास न बास भएको गजलकार भएर
भ्यागुत्ताले कुवा नै किन रोज्या होला
अचम्मै छ यत्रो खुला संसार भएर
हलिया मेरा बा बिस्वस्त हुनुहुन्छ
आउनेछ यो छोरा जमिनदार भएर
समर्पण चाहान्छ अशान्त यो बस्तिमा
बुद्ध जन्मोस मान्छेको अवतार भएर
खगेन्द्र साउद समर्पण आछाम





0 comments
तपाइको बीचार ब्यक्त गर्नुस