मनको शान्ति कहाँ पाँउ

[कविता ]
मनको शान्ति कहाँ पाँउ
खै के भएको छ मनलाई
खलबली छ अनि बेताब छ
अशान्त छ
उराठे मरुभुमीमा लालीगुराँस फुलाउ भन्छ
खै म कसरी फुलाँउ लालीगुराँस यहाँ
जहाँ रापीलो बालुवाले बाफिलो स्वास फेर्छ
अनि आगो ओकल्छ
उठाउँदै थोरै रेतका कँणहरु परिक्षण रुपी नजरले
माथिबाट तल उँडाउँछु ति बालुवाहरु
तिन्का तिन्कामा बिखोरीन्छन
जुट्दै जुट्दैनन
अनि मेरो महशुस ति बालुवा र मेरा माटो सँग दाँजिन्छ
मेरा माटाहरु झर्दा पनि डल्लै झर्छन
अनि त्यो खुश्बु मेरा माटाहरु सँग तुलना गर्छु पटक्कै मेल खाँदैन
अनि कसरी शम्भब छ त गुराँस फुलाउन?
तर मेरो मनको अशान्त धरातल हार मान्दैन
अर्काे सृजनाका लहर दौडन्छन
मृतसागरमा कमल फुलाउन प्रयत्न गर्छ
मरुभुमीमा गुराँस फुलाउन कल्पना गर्छ
त्यो मनलाई भौतीक सँरचना र प्रकृती सँगै मित लगाउन मन छ
मेरो मन मेरो ,
अशान्त मन
मेरो मन सृजनसिल मन
बालुवामा बगैचा बनाउन खोज्छ
त्यो मन
त्यो मन
मरुभुमीमा गुराँस फुलाउ भन्छ
मृत सागरमा कोमल फुलाउ भन्छ
सृजनसिल मन
यो भौतीक सँरचना सँग
कुदरती सँरचना सँग
सृजनाको बिजारोपण गर भन्छ
कहाँ गरौ म सृजना ?
कहाँ पोखौ म पशिना?
कोही पागल नभनुन मलाई
कोही पाखे नभनुन मलाई
सिउँडीको शहरमा लालुपाते फुलाउ भन्छ
मृतसागरमा कमल फुलाउ भन्छ
मरुभुमीमा गुराँस फुलाउ भन्छ
छेपारो अखान भनि ढल्की हिँडनेको जमात त्यहाँ पनि थियो ,यहाँ पनि छ
तर न त्यो समाजलाई थाह छ , न यो समाजलाई
कि छेपारो आफ्नै सपनामा मख्ख छ ,चाहे पुरा होउन चाहे नहुन ।
हुन सक्छ मेरो मन ,मेरो सृजनसिल मनले पनि यही उपाधी पाउला
तर
तर सृजना अनि परिकल्पना ,परिकल्पना का साकारता र यथार्थता
साथमा बाश्तबीकता र प्रयोजन यि सबै भिन्न भिन्न बुँदा हुन
ति भिन्न बुँदाका एक बुँदा म हुँ
अनि मेरा सपना हुन मेरा मन हुन
म त्यो भिन्नता भित्रको भिन्न हुँ
मलाई सुनेर बश्नु छैन
मलाई प्रतिबाद गर्नु छ किन कि म सृजनसिल छु
म छेपारो पनि होईन,जो सुनेर पनि प्रतिउत्तरमा मात्र रँग बदल्छ
म बदलीन सक्दीन
मेरो अशान्त मन बदलीन सक्दैन
मलाई मरुभुमीमा गुराँस फुलाउनु छ
मृत सागरमा कमल फुलाउनु छ
सिउँडीका शहरमा लालुपाते फुलाउनु छ
हो मेरो अशान्त मन
त्यो सृजनसिल मन
मरुभुमीमा गुराँस फुलाउ भन्छ
मृत सागरमा कमल फुलाउ भन्छ
सिउँडीका शहरमा लालुपाते फुलाउ भन्छ
लेखक = महेन्द्र पोख्रेल
दोहा कतार

0 comments

तपाइको बीचार ब्यक्त गर्नुस