"सौतेनी आमा"


आखाँ भरि आशु लिएर मेरो चर्किएको घाउँमा नुनचुक छर्दैछु ।मन त थिएन तर म निर्दोष हुदा हुदै पनि दोष को भारि बोक्न बिबश भएको छु ।आशा छ हजुरहरुले मलाइ बुझ्नुहुनेछ ।मेरो चर्किएको घाउमा अलिकति भएपनि मलम पट्टि गरिदिनुहुनेछ ।नाममा मलाइ हर्के भनेर भने पनि जन्मदैमा आमालाइ टोकेर बसेको टुहुरो भनेर चिनिन्छु ।भन्छन बाबा मरेका छोराछोरि टुहुरा हुदैन तर आमा मरेपछि साच्चै छोराछोरि टुहुरा बन्दा रैछन ।मेरो घर पहाडि भेगको कुनै गाउँमा थियो रे ।आमा बितेपछि बाबाले नै आमा र बाबाको माया दिएर हुर्काउनु भयो बढाउनु भयो ।बाबा दिन भरि हलो जोतेर साझ आएर खाना पकाएर खुवाउनु हुन्थ्यौ ।यो वहाको दैनिकि थियो ।तर मलाइ कहिले पनि भोको राख्नुभएन ।बरु रातको ११ .१२ बजे पनि पकाएर उठाएर खुवाउनु हुन्थ्यौ अनि भोलिका लागि एउटा कटौरामा भार तरकारि राखिदिनु हुन्थ्यौ र आफु काममा जानुहुन्थ्यौ।भोलिको दिनमा म भोकाएको पल आफै त्यो पाचँ बर्षको उमेर खान्थे किनकि मलाइ समयले सिकाएको थियो ।बाबाले एक दिन मलाइ बाबु तैले सारै दुख पाइस है अब त स्कुल जाने उमेर भयो ।तर म सँग तेरो लागि दिने एउटा जाबो समय पनि छैन म कति भिखारि भए बाबु कति भिखारि भए भन्दै रुनुहुन्छ अनि मैले भन्छु बाबा हाम्रो घरमा थोरै परिवार भएर यस्तो भाको हो है भनेर जिज्ञासा राख्छु ।उहाँ पुरानो अतित सम्झेर झन रुनुहुन्छ मेरो आफ्नत झन रुनु हुन्छ ।मलाइ माया गर्ने एउटा आमा ल्याइदिनुस बाबा हजुरले कति एक्लै दुख गर्नुहुन्छ ?मामु भए पछि त मलाइ स्कुल लग्नुहुन्छ धेरै माया गर्नुहुन्छ ।मिठा मिठा खानेकुरा पकाएर दिनुहुन्छ ।हजुरले पनि साथ पाउनु हुन्छ तेसैले बाबा नाइ नभन्नुस ल !मलाइ जसरि भा पनि एउटा मामु ल्याइदिनुस भनि धेरै बिन्ति चढाउछु तर बाबाले मान्नु हुन्न मेरो आफ्नत बाबाले मान्नु हुन्न यस्तो खोक्रो सपना नदेख बाबु तैले ल दुख पाउछस पाउछस मलाइ पनि दुख हुन्छ बाबु बिन्ति यस्तो नचाहिने कुरा नगर भनि सम्झाउनु हुन्छ ।तर मेरो जिद्दिको अगाडि बाबा हजुरको केहि पनि लाग्दैन ।केहि दिनमा बाबाले मेरो लागि प्यारि मामु ल्याइदिनु हुन्छ म सारै खुसि हुन्छु त्यो पल म सारै खुसि हुन्छु ।साथि भाइलाइ देखाउदै भन्छु ल हेर मेरो पनि मामु हुनुहुन्छ अब मलाइ टुहुरो भनेर हेला गर्न पाउदैनौ भनि ठुलो ठुलो स्वरले आफ्नो खुसि पङ्ख उडाउदै चारै तिर खुल्ला आकाशमा दुनियाले सुन्ने गरि कराउछु ।

साच्चै आमा के हुन्छ भन्ने बल्ल थाहा पाए अब त आजभोलि बाबा भन्दा आमा सँग नै म रम्न थाल्छु किनकि बिहानै ताजा ताजा खानेकुरा लिएर आमा मलाइ उठाउन आउनु हुन्थ्यौ ।पढाउने स्कुल लिएर जाने र साझ लिएर आउने काम मेरि प्यारि आमाले गर्नु हुन्थ्यौ तेसैले म बाबा भन्दा आमा तिरै नै धेरै मोहित भएको थिए यो माया देखेर बाबा सारै खुसि हुनुहुन्थ्यौ।

म टुहुरोलाइ आमाको माया के हो ममता के हो थाहै थिएन जब आमा पाए तब थाहा पाए आमा के हुन्छ आमाले सन्तानको लागि के कति दुख गर्दो रैछ भन्ने सबै थाहा पाए मेरो आफ्नत सबै थाहा पाए ।

हुन त हामि यस धर्तिका दुइ दिनका पाहुना जब एउटा फूल पलाउछ तब उसलाउ हुर्काइयो बढाइयो उ पक्कै पनि सुन्दर देखिनेछ अनि भवरा पछि पर्छन तर भवराले चुसे पछि त्यो फूल ओइलिए पछि कसैले पनि नहेर्दो रैछ ।हिजो सम्म शिरमा सजाएर हिड्छु भन्नेले पनि आज लात मारेर जान्छन ।किनकि यहाँ त बलेको आगो मात्र ताप्ने चलन छ निभिको आगोलाइ ठोस्न आउने को ?

माया भनेको आखिर के रैछ र खइ सायद सिमान्त उपयोगिताको ह्रासको नियम जस्तै रैछ ।शुरुमा चाहात धेरै हुने पछि बिस्तारै कम हुदै जाने अन्तत त्यो रिणात्मक हुन सम्म समय नलाग्दो रैछ ।हो मेरो आफ्नत मैले यस्तै अनुभव गरे मेरो जिबनबाट ।

जसलाइ म मेरो जन्म दिने बाबा भन्दा बढि माया गर्थे उहाले बिस्तारै बिस्तारै मेरो समिपबाट टाढा रहने बाताबरण मिलाउने कष्ट गर्न थाल्नुभयो ।तर कठैबरा म अबोधले के बुझ्थे होला र त्यो उमेरमा मेरि आमा म देखि किन एकाएक टाढा हुन चाहानु हुदैछ भन्ने कुरा ।पछि बाबाले भने पछि थाहा पाए म कति भाग्यमानि रैछु भन्ने कुरा पनि थाहा पाए उहाले भन्नु भो बाबु तिमि एक्लै भयो भनेर तिम्रि आमाले तिम्रा लागि सँगै खेल्ने भाइ ल्याउदैछिन ।तेसैले आमालाइ धेरै दुख नदेउ ल भनि सम्झाउनु भयो म पनि आज्ञाकारि बालकले झै हुन्छ भनि आमालाइ सहयोग गर्न थाले ।धारोबाट पानि ल्याउने खान पकाउनको लागि दाउरा ओसार्ने ।बिस्तारै आमाले खाना पकाउन पनि सिकाउनु भयो ।आमाले सिकाए जस्तै खाना पकाएर खुवाए पनि ति पलहरुमा मैले झनै धेरै माया पाए बाबाले पनि आघात माया गर्न थाल्नु भयो आमाले पनि उस्तै ।
केहि दिनमा म भाग्यमानिले भाइ पनि पाए अबका दिनहरुमा भाइ सँगै रम्न थाल्छु आमालाइ सहयोग गर्नु भाइलाइ फकाउनु खाना पकाउनु आदि मेरा दैनिकि जस्तै हुन थाले ।त्यो बेला मात्र म दश बर्षको भएको थिए सायद समयसे सिकाएर होला मलाइ केहि गर्न पनि अप्ठारो अनुभव भएन तर समयको चक्र सँगै मान्छे समय ब्यबहार आदि सबै बदलिदो रैछ ।मलाइ तेस्तो आघात माया गर्ने मेरि आमाको हातले हिजो अस्ति सम्म को खाइ को खाइ भनेर भात खुवाउने हातबाट लठ्ठिको बर्षात हुदा यो मन यो शरिरमा के बित्यो होला म यहाँ भन्न सक्दिन कहिले पनि पिटाइ नखाएको शरिरमा एक्कासि चोटहरुका बज्रपात पर्दा म छाना बाट खसे जस्तै हुन्छु ।
तर कारण थाहा पाउनै सक्दिन ।बिस्तारै मलाइ गर्ने माया ममता मा पनि कमि भएको आभाष गर्छु ।मेरा कपाडा हरु अब च्यातिएका झुत्रा झाम्रा हुन लागेका थिए बाबालाइ भने सबै कुरा तर बाबाले सुने पनि नसुने जस्तै गरि हिड्नु भयो अब म कहाँ जाउ कस्लाइ सुनाउ ?दैनिकि आमाको हात बाट पिटाइ खानु जुठा भाडा सबै माझ्नु आमाको भाइ कपडा धुनु अनि अन्तिममा बचेको केहि जुठो खाएर पेट भर्नु एउटा कुनामा गएर च्यातिएको बोरा ओढेर सुत्नु थियो ।
एक दिन सारै भोक लागेको थियो काम गर्दा गर्दा लखतरान भएको थिए डराइ डराइ आमाकहाँ गएर भात मागे उहाले खुसि हुदै हुन्छ बाबु तिमि धेरै भोकाएका छौ है पर्ख म तिमिलाइ सधै अघाउने गरि खाना दिन्छु भनि भित्र लाग्नु भयो नभन्दै साच्चै आमाले धेरै मिठो परिकार खिर दिनु भयो मेरो आफन्त धेरै मिठो खिर दिनु भयो ।म खुसि हुदै दुई गास मात्र के खाएको थिए मेरो मुख बाट रगतको भेल बग्न शुरु भयो हात भरि रगतै रगत भयो भोकले आखा देखिन फटाफट खाएको त त्यो खिर भरि सिसा फोडेर हालिएको रैछ मेरो आफ्नत सिसा फोडेर हालिएको रैछ ।म सारै रोए कराए आफ्नो दर्द पिडा पोखे हात भरि सिसाले काटेर हेर्ने लाएक थिएन तर मेरो बेदना कस्ले सुन्ने अनि म घरै ।छाडेर हिडे मेरो आफन्त घरै छाडेर हिडे म आफुलाइ सुरक्षित देखिन त्यहाँ बाबाले मेरो कुरा नसुन्ने आमाले मार्न खोज्ने म धेरै रोए कराए रुदा रुदा आखा राता राता भएर सुन्निएका थिए हात भरि घाउ मुख भित्र घाउ पानि पिएर बाचु भने पनि पानि पिउदा पनि मुख चराएर आउथ्यौ केहि दिन भोकै बसेर गुजारा चलाए अनि एउटा बसमा झुण्डिएर काठमाण्डौ लागे ।तेहा झन आफ्नो भन्नु को पो थियो र केराका बोक्रा सुन्तलाका बोक्रा खाएर पेट भर्न थाले ।बिस्तारै पलास्टिक टिनका डब्बा आदि बेचेर पेट भर्ने उपाए थाहा पाए ।यसरि गुजार्दै थिए जिन्दगि बिस्तारै चिन्दै गए काठमाण्डौ शहरलाइ ।तेहा घर बनाउने काममा इटा र बालुवा बोक्ने मान्छे खोजेको रैछ तेहि मौकामा म पनि भर्ति भए लेबरको काम गर्न ।करिब दश पछि त्यो शहरबाट टाढा जाने रहर लाग्यो तेहि शहरबाट पासपोर्ट बनाए अनि लागे बिदेश तिर ।म धेरै लुटिएको मान्छे बाकि के नै पो थियो र मेरो दश बर्षको मिहिनेत खै कस्को पेट भर्न लेखेको रैछ मलाइ त दलाल गरि पठाइएको रैछ ऐरपोर्ट मा करिब चार दिन सम्म फेरि भोक भोकै भोक सँग सिँगौरि खेल्दै बस्नु पर्यो ।तेहा एक जना नेपालिले मलाइ काममा लगाइदिनु हुन्छ घाम पनि सँग मितेरि गासेको यो ज्यानलाइ कुनै पर्बाद थिएर हर प्रकार काम गरे ।करिब चार बर्ष पछि फर्कन मन लाग्यो मातृभुमि नेपालमा ।आठ दश लाख कमाए हुला त्यो चार बर्षमा।आएर घर बनाए म जस्तै दुख गरि खाएको एउटि सँग बिहे गरे ।अब मेरो खुसिका दिनहरु फिर्दै थिए ।भगवानलाइ धावा दिन मन लाग्यो हेर तैले मलाइ सँधै रवाउदा रुवाउदै , दुख दिदा दिदै पनि तलाइ हराएर आज मेरो खुसि खोसेर छाडे अब म कसै सँग डराएर हिड्नु पर्ने थिएन झुकेर हिड्नु पर्ने थिएर घरमा सबै थोक थियो ।मलाइ माया गर्ने मेरि प्राण प्यारि आफु भन्दा पनि बढि माया गर्थि ।करिब दुई बर्षमा मलाइ बाबा पनि बनाइदिन त्यो पल उनिलाइ दुधै दुधले नुहाएर पुजा गर्ने चाहा बढ्यो ।सन्तानको रुपमा छोरा जन्मदा कुन आमा बाबा खुसि हुदैन होला ?मलाइ लाग्यो मैले सँसार जिते ।म नै यो सँसारको सबै भन्दा खुसि र सुखि मान्छे हो तर यो खुसि म कसरि एक्लै थामु ?को सँग बाडु कोहि थिएन मेरो खुसि बाडनलाइ यो धर्तिमा मात्र म उनि मेरा छोरा थिए म सँग ।म संग ति निष्ठुरि आमा बाबा भएको भए अझ कति खुसि हुन्थे होला?कल्पना पनि गर्न सक्दैन म ति दिनहरु ।ति दिनहरुमा धेरै आशु बगाएको छु मैले रगतका धाराहरु बगाएको छु ।तर पनि एक पल्ट जे जस्तो भने पनि आमा बाबा हुन भनि सम्झिएर गए तर जहा म हुर्किएको घर थियो तेहा सुनसान बगर देखे गाउ बस्तिहरु धेरै पर पर देखे कहि कतै तेतै खरानिका थुप्रा हरु थिए कतै कोइलाहरु थिए ।जहाँ मेरो बालापन गुज्रिएको गाउँ थियो त्यो गाउँ आज निर्जन भएको देखे ।धेरै पर पर सरेका बस्तिहरुमा गए अनि सोधे मेरा बाबा आमा र भाइका बारेमा एक अपरिचत ब्यक्ति बनेर कसैले चिनेनन् मलाइ अनि जसलाइ खोज्न गएको थिए उहाँहरुत भगवानको प्यारो भइसक्नु भयो रे भन्ने खबर पाए तेहा भन्दै थिए राम जस्तो छोरा लाइ मार्न खोजेका थिए आखिर भगवानले बाटो लगाएरै छाडे ।एक दिन घरमा घरबाटै निस्किएको आगोले सखाप पार्यो रे ।रुदैन भन्दा भन्दै पनि धेरै रोए जे भए पनि मलाइ जिन्दगि दिने जिन्दगि चिनाउने आमा बाबा हुनुहुन्थ्यो उहाहरु ।मेरो खुसि बाड्न आएको थिए तर यो आशुले छाडेन मलाइ ।देखिएको भेटिएको अड्कल गरेर खरानि उठाएर नदि सँगै बगाएर आफ्नो कर्तब्य पुरा गरे ।

यता मेरो घरमा भरिदै थियो खुसियालिले भकारि जति बाडे पनि लाग्थ्यौ सकिदैन यो जुनिमा ।छोरि पनि ताते ताते गर्ने बेला हुदै थियो एक्कासि उनको स्वास्थ्यमा खराबि आउछ उपचार गराउछु निको हुन्छ तर हप्ता पन्ध्र दिन पछि पुन दोहरिन थाल्यो त्यो चक्र उनि पुन बिरामि भइन फेरि अस्पताल लगे ।लगातार तिन चार पटकको त्यो अस्पतालको उपचारले नभए पछि अर्को अस्पताल लग्छु कुनै रोग देखाउदैन तर ब्यथाले छाडदैन ।डक्टरको औषधिले काम नगरेपछि धामि धाक्रि गराउछु उसको जडबुटि र झारफुकले पनि केहि दिन त निको भयो तर क्रम रोकिएर झनै ब्यथाले च्याप्यौ ।भए भरको पैसा सबै खर्च गरे तर अहँ बिसको उन्नाइस भएन ।अनि लगे भारतको एक चर्चित अस्पतालमा तेहा जादा डक्टरले गालि गर्दै भन्छ किन नाना थरिका औषधि खुवाएको रोग शुरुमा सामान्य थियो तर पछि रोग र औषधिको इन्फेकशनले गर्दा पेटको क्यान्सर भएको छ ।म छागाँ बाट खसे जस्तै भए मेरो आफन्त छागा बाट खसे जस्तै भए ।अब उनि केहि दिनको धर्तिको पाउना मात्र रहिन ।
घरमा आए पछि उनको ब्यबहार परिवर्तन भयो सधै मलाइ माया गर्ने मेरि प्राण प्यारि तिखो बचन लगाएर बोल्न थालिन ।मायाको साटो धृणा गर्न थालिन मलाइ हत्याराको आरोप लगाउन थालिन ।तिमिले खुवाएको नाना थरि औषधिले म केहि दिन मात्र पाहुना भए के म तिम्रो लागि भार भएको थिए र यसरि मार्न खोज्यौ हत्यारा तिमि मान्छे हैनौ पशु हौ पशु ।पशुले पनि सगै एउटै गोठमा बस्ने प्राणि सँगै मिलेर बस्न चाहान्छ तर तिमि त आफ्नि श्रृमतिलाइ नै मार्न खोज्यौ ।आखिर मेरो के दोष थियो र यस्तो घृण्त कार्य गरेउ ?
आदि आदि तिखा बचनले मलाइ प्रहार गर्दैछिन आजभोलि ।के मैले उनिलाइ यस्तो होस भनेर तेसो गरे हुम्ला र ?सानैमा बाबा आमा बाट एक पल्ट मारिएको म पर्देश जादा पर्देशमै मारिएको म ।आजभोलि आफ्नै श्रृमतिको नजर बाट मारिदैछु म ।
काखमा दुइ तिन बर्षको छोरा छ ।भर्खर मेरो उमेर अठ्ठाइस उन्न्तिस को हुदैछ ।म सँगै साथिहरु कतिको त बिहे पनि भएको छैन तर म यो उमेर सम्म तिन चोटि सम्म मरेर दोषको भारि बोक्दै छु ।उनिलाइ निको होस भनेर अस्पताल लगे धामि झाक्रि गराए सारा सम्पति उनैको लागि खर्च गरे तर आज उनैले मलाइ एक ज्यानमाराको आरोप लगाउदै छिन ।
अब तपाइहरु नै भन्नुस म दोषि छु यो निर्दोशि ।कठै बरा मेरा १५ बर्ष सम्म हास्न बिर्सिएका ओठहरुमा भर्खर त हासोको बिजारोपण हुदैथियो ।तर खै कस्को आखा लाग्यो कुन्नि केहि क्षण देखापरेको सौर्यको उज्यालो किरणमा एका एक ग्रहण लाग्न पुग्यो ।
हे भगवान तिमि सँग मैले कहिले पनि केहि मागिन न त तिम्रो मन्दिरमा नै धाए मान्छेका घर भन्दा धेरै तिम्रा मन्दिर भएको त्यो काठमाण्डौ शहरमा १० बर्ष बस्दा पनि केहि मागिन तर अलिकति पनि मान्छको दया बुझ्न सक्ने तिमि सँग मन छ भने मलाइ मेरि प्रियसिको जिन्दगि देउ भगवान मेरि प्रियसिको जिन्दगि देउ ।यदि सक्दैनौ भने तिमि एउटा शिला न हौ एउटा पाषण न हौ के सुन्थ्यौ तिमिले के बुझ्थ्यौ मानिसकौ दर्द पिडालाइ ?मानिसले तिमिलाइ पुर्खौ देखि देवता मानेर आफ्नो शिर झुकाइरहेको छ तर बदलामा तिमिले कुनै जवाफ सम्म पनि दिएका छैनौ ।दिएका छौ त केबल तिमि जस्तै पाषण मन बनाएर दिएका छौ ।

हुन त तिमिलाइ देउता ,भगवान भनेर पुजा गर्नु हामि अज्ञानि मानिसहरुको भुल हो ।तर एउटा बिन्ति चढाउछु अब कसैलाइ बाबा आमा बिहिन हुने गरि जन्म न दे ।म जस्ता अरु दुखिलाइ यो पापले भरिएको धर्तिमा जन्म न दे ।म जति सामर्थ्य .सँघर्ष गरि खाने आट सहनशीलता अरु होला नहोला अकालमै ज्यान गुमाइ देला तेसको जवाफ देहि त हुनेछस केबल त ।हो यसरि नै हर्क कराइरहेको थियो एक्कासि बिहानिपख आखाँ उघारियो बाहिर डिउटि जानको लागि ड्राइभरको गाडिको हरनले झल्यास्स आखा खुले मेरा । ब्युझदा त सारा सपना पो रैछ ।धन्न सत्य रहेनछ भनेर एक आम्खोरा पानि लिएर पिए अनि सदा झै प्रदेशको ठाउँ फेरि साहुकै कचकच घर जाने दिन कहिले आउला भन्दै कल्पना गर्दै आफनै काम तर्फ लाग्छु ।


लेखक तपाई कै भाई छोरो साथी एस पि माथवर
दाङ देउखुरि हाल दोहा कतार —

0 comments

तपाइको बीचार ब्यक्त गर्नुस