बडप्पन र घमण्डले नमात्तिनु साथी तिमी
बडप्पन र घमण्डले नमात्तिनु साथी तिमी
जति दु:ख परे पनि नआत्तिनु साथी तिमी
राम्रा हुन्छन आफ्नै रीति,संस्कृति र परम्परा
बिदेशीको नक्कल गर्दै नपात्तिनु साथी तिमी
खप्नु पर्छ जिन्दगीमा कयौँ चोट र हण्डरहरू
काटिएको चङ्गा जस्तै नच्यातिनु साथी तिमि
क्षमाशीलता भन्दा ठूलो संसारमा केही छैन
रिसारिसले झोक्किएर नतात्तिनु साथी तिमी
सधैँ भरि मीठो हुन्छ सुमधुर र "कोमल"बाणी
सारगर्भित कुरा गर्नु नबात्तिनु साथी तिमी
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका
1 comments
तपाइको बीचार ब्यक्त गर्नुस




April 20, 2013 at 3:33 AM
प्रिय शान्ति बहिनी ,
यो सद्भावनाको लागि हार्दिक धन्यवाद सहित आभार प्रकट गर्दछु l