तिमि नभाको भए गजल लेख्ने थिएन होला


तिमि नभाको भए गजल लेख्ने थिएन होला
अनि सुनौलो सपना मैले देख्ने थिएन होला

पीडै पीडाले भरिएको घाउ सन्चो हुन्छ भन्दै
तिम्रै निश्चल मायाले मन सेक्ने थिएन होला

तिमि सामीप्यमा छौ र'त गजल फुरी राछन्
जुन घाम पनि हत्केलाले छेक्ने थिएन होला

मन पराएरै हो नि लुकीछिपी चिहाउंथ्यौ मलाई
त्यही निंहुपारी रातो गुलाब फेक्ने थिएन होला

तिम्रै निम्ति दिनरात नित्यकर्म गरिराछु मैले
कसम तिम्रो लागि नभा दुख खेप्ने थिएन होला

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
 

0 comments

तपाइको बीचार ब्यक्त गर्नुस