शराबी मनमा सिंचाई गर्ने नहर तिमी हौ

शराबी मनमा सिंचाई गर्ने नहर तिमी हौ
जलेको मनमा शितल भर्ने लहर तिमी हौ !!

फक्रेको यौबन उन्मत्त हुन्छ जवानी शीतले
जुनेली रात्को शिरशिरे हावा ठहर तिमी हौ !!

अतृप्त मेरो मनको ज्वाला त्याग र तपस्या
टुक्रेको मुटु जोडेर हिड्ने रहर तिमी हौ !!

नयन तिम्रा शराबी अधर उषाको लाली झैं
बिहानी हो या हर साँझ रात प्रहर तिमी हौ !!

जल्दैछ मुटु चखेवा जोडी उसैको यादमा
उडेर प्राण गएता पनि यो बहर तिमी हौ !!

बालेर दियो खोज्दैछु निशान प्रेमको प्रतिक
जगत भर कै यो मन लुक्ने शहर तिमी हौ !!

रामचन्द्र बस्याल बिखर्ची
बघौडा,८,ब्रहमपुरी,माडी

0 comments

तपाइको बीचार ब्यक्त गर्नुस