टोलाउँदै एकान्तमा रुन्छ बिरही

टोलाउँदै एकान्तमा रुन्छ बिरही 

निश्ठुरिकै तस्बिर छुन्छ बिरही 


जब सपनाहरु सिसासरि फुटेपछि 



नसालु पदार्थ मात्र चुन्छ बिरही 




सकारात्मक बिचारहरु अपच भै 



नकारात्मक सोच मात्र तुन्छ बिरही 




हावाको झोक्काहरु चल्दा पनि 



आफैँलाई बोलाए झैँ सुन्छ बिरही 




-पोश कुमार राई थुलुङ
महेश्वरी-२ सानोडुम्रे खोटाङ

0 comments

तपाइको बीचार ब्यक्त गर्नुस